गठबन्धन दलहरू बाट धाेका भयो' : वड

May 22, 5:21

धनगढी ८ बैशाख / नेपाली काग्रेंसका केन्द्रीय सदस्य तथा धनगढी उप-महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नृप बहादुर वडले आफू स्वतन्त्र उम्मेदवार भएको बताएका छन् ।

धनगढी उप-महानगरपालिकाको निवर्तमान मेयर समेत रहेका वड स्वतन्त्र उम्मेदवार गोपाल हमालसँग पराजित भएपछि प्रतिक्रिया दिँदै आफू पार्टीबाट निर्वाचन लडेपनि स्वतन्त्र जस्तै उम्मेदवार भएको बताएका हुन् ।

यहाँ गठबन्धन भए पनि नामको गठबन्धन थियो वडले भने “म पार्टीबाट चुनाव लडेपनि स्वतन्त्र लडेको हुँ ।” उनको यो भनाई ले गठबन्धन र पार्टीबाट पूर्ण असहयोग भएपछि आफूलाई स्वतन्त्र रहेको आशय दिन्छ ।

वडले आफू मेयर हुँदा गरेका राम्रा कामलाई निरन्तरता दिन नवनिर्वाचित मेयर गोपाल हमाललाई आग्रह गरे । मैले धेरै राम्रा काम सुरु गरेको छु र विकासको जग बसिसकेको छ उनले भने “राम्रा कामलाई निरन्तरता दिनुहोला नराम्रा कामलाई सच्याएर जानुहोला मेरो राम्रा काममा सहयोग रहने छ ।”

उनले पुनः आईतवार दिउँसो पत्रकार भेटघाट तथा धन्यवाद ज्ञापन कार्यक्रको आयोजना गरेर पनि गठबन्धन  दलहरुबाट अपेक्षित सहयोग नभएको बताउँदै यो विषयमा केन्द्रीय सममिति तथा नेत्रृत्वले समिक्षा गर्नु पर्ने बताएका छन् । 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा