सुदूरपश्चिमको बजेट पारित : अर्थमन्त्री वोहराले भने, ‘९० प्रतिशत कार्यान्वयन गछौं’ 

Jhapat Vohara
Jhapat Vohara
July 11, 7:18

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि ल्याएको २८ अर्ब १६ करोड २० लाखको बजेट प्रदेश सभाबाट पारित भएको छ । बजेट आएको २२ दिनपछि बजेटमाथिको छलफल सुरु भएको थियो । ४ दिन लगातार छलफल गरेर बजेट पारित गरिएको हो । 
गत असार १ गते प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहरारले प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड २० लाखको बजेट प्रस्तुत गरेका थिए । बजेट प्रस्तुत भए पछि आक्रोशित प्रतिपक्षी दलहरूले ५ गते सरकारको रातो किताब समेत जलाए । त्यसपछि प्रतिपक्षीकै कारण लगातार ९ पटक प्रदेश सभा सरेको थियो । 
सरकारले २१ गते प्रतिपक्षीसँग भद्र सहमति गरेपछि २२ गतेबाट सदन सुचारु भएर २३ गतेबाट बजेटमाथिको छलफल चल्यो । छलफलमा सत्तारुढ दलकै प्रमुख सचेतक देखि सांसदहरूले सरकारको बजेट र प्रतिपक्षी सँगको भद्र सहमतिमा असन्तुष्टि जनाउँदै सभामै टिप्पणी गरेका थिए । 
यद्धपि बिहीबारको प्रदेश सभा बैठकबाट बजेट सर्बसम्मपतिले पारित भएको हो । बजेट पारित पछि सञ्चारकर्मी सँग प्रतिक्रिया दिँदै मन्त्री वोहराले आगामी आर्थिक वर्षका लागि पारित बजेटलाई ९० प्रतिशत कार्यान्वयन गरिने दाबी गरे । ‘चालू आर्थिक वर्षको बजेट ५६ प्रतिशतसम्म कार्यान्वयन भइसकेको छ, उनले भने ‘त्यो केही बढेर जाला पनि । यस वर्ष संयन्त्र र कर्मचारी अभावमा बजेटलाई अपेक्षित खर्च गर्न नसकिएता पनि आगामी आर्थिक वर्षको बजेट ९० प्रतिशत कार्यान्वयन हुन्छ ।’
मन्त्री वोहराले प्रदेशले लोक सेवा आयोग मार्फत आफै कर्मचारी भर्ना गरेर भए पनि बजेट कार्यान्वयनलाई गति दिने दाबी गरे । 
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि पारित गरेको २८ अर्ब १६ करोडको बजेटमा चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार बजेट विजियोजन गरिएको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा