यसकारण गरेका थिए नेपाली काँग्रेसको क्षेत्रिय भेलामा विनयले विरोध

August 23, 10:58

धनगढी,०६ भदौ । कैलालीको धनगढीमा नेपाली काँग्रेस क्षेत्र नम्बर ५ को शनिबार क्षेत्रिय भेला भइरहेको थियो । भेला शुरु नहुँदै नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता विनय चोखालले भित्तामा टाँगिएको ब्यानर च्यात्नुका साथै कुर्सी टेवल फाँले । उनको विद्रोहका कारण कार्यक्रम तोकिएको समयमा शुरु भएन् ।

नेपाल विद्यार्थी संघमा केन्द्रिय सदस्य मनोनित गर्दा पार्टीले केही नेताहरुमाथि अन्याय गरेको भन्दै उनले सांकेतिक रुपमा विद्रोह व्यक्त गरेका हुन् । उनले भने –‘विगत लामो समयदेखि नेविसंघको राजनीति गरेका युवाहरुलाई समावेश नगरेर नातागोता, आसेपासे, अन्य पार्टीबाट भर्खरै प्रवेश गरेका तथा अन्य पार्टीका युवाहरुलाई केन्द्रिय सदस्यमा मनोनित गरेकोमा विरोध गरेको हो ।’ उनले आफुले कुनै पद पाउनका लागि नभई अन्यायमा परेका नेताहरुको आवाज व्यक्त गर्न विद्रोह गरेको बताए ।

उनले भने –‘मैले कुनै पदका लागि विरोध गरेको होइन् । अन्यायमा परेका नेताहरुको आवाज सुनाउन खोजेको हो ।’ उनले नेविसंघको केन्द्रीय समिति समावेशी नभएको र  विद्यार्थी आन्दोलनमा लागेका नेता कार्यकर्तामाथि अन्याय भएको प्रतिक्रिया दिए । उनी भन्छन् –‘केन्द्रिय समितिमा मनोमानी गरेर पार्टी सुधारतर्फ जानुभन्दा थप कमजोर बन्ने हुँदा नेतृत्व तहहरुले सच्चिनुपर्छ । यो निर्णयलाई तत्काल खारेज गरि लामो समय पार्टीका लागि योग्दान गरिरहेका युवाहरुलाई केन्द्रिय सदस्य बनाउनुपर्छ ।’ कैलालीकामात्र नभई देशभरीका नेपाली काँग्रेसमा आवद्ध केही युवाहरु मनोनित गरिएका केन्द्रिय समितिप्रति असन्तुष्ट छन् । नेविसंघको केन्द्रिय सभापतिकी दाबेदार एलिजा ढकाललाई केन्द्रिय सदस्यममै मनोनित गरेपछि उनले असन्तुष्ट व्यक्त गर्दै राजीनामा समेत दिइसकेकी छिन् ।
 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा