उप–महानगरपालिका र यूएनडिपी बिच साझेदारी पत्रमा हस्ताक्षर

1
1
July 12, 6:40

धनगढी, असार २७ - धनगढी उप–महानगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडिपी) बिच एकल महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम संचालन गर्ने गरि शुक्रवार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । धनगढी उप–महानगरपालिकाका तर्फबाट नगरप्रमुख नृपबहादुर वड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका तर्फबाट डेपुटी रिप्रजेन्टीभ डाईरेक्टर माजेन बिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार यो कार्यक्रममा ६० प्रतिशत योगदान संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडिपी) को रहने छ भने ४० प्रतिशत योगदान उप–महानगरपालिकाको रहने छ । पहिलो चरणमा १ करोड ६५ लाखको सम्झौता भएको नगरप्रमुख वडले बताए । नगरप्रमुख वडका अनुसार पहिलो चरणमा ९ महिनाका लागि कार्यक्रम सम्झौता भएको भएपनि कार्यक्रमले तीन बर्ष सम्म निरन्तरता पाउने बताए ।

उप–महानगरपालिकाका १९ वटै वडामा कार्यक्रम संचालन हुने नगरप्रमुख वडले बताए । कार्यक्रमको लक्ष्य एकल महिलालाई उद्यमशिलताका माध्यमबाट आर्थिक अबस्थामा सुधार ल्याउने रहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा