नातामा मामा पर्ने  प्रेम बाट धोका पाउँदा मृत भेटीन प्रहरी  स्कुलकी शिक्षिका राजेश्वरी 

August 26, 12:42

धनगढी । धनगढीमा बिहिवार मृत फेला परेकी शिक्षिकाको सुसाइड नोट फेला परेको छ। दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएर धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी २२ वर्षीया राजेश्वरी डडालले आफ्नो मृत्युको कारण प्रेमी नै भएको भन्दै दिदी र आमाको नाममा अन्तिम सन्देश छाडेकी छिन्।

उनले प्रेमीले आफ्नो श्रीमती बन्न ‘शारीरिक सम्बन्ध’ बनाउन दबाब दिएको समेत उक्त नोटमा उल्लेख गरेकी छिन्। ‘म पनि उसको हरेक कुरालाई साचो मान्दै गए, उपहार पाए मृत्यु। सबै दिदी ममीलाई धेरै माया गर्छु तर जताउन सकिन। बदनाम भएर पनि म किन बाच्नु हैन र’ राजेश्वरीले सुसाइड नोटमा लेखेकी छिन्, ‘सरी दिदी ममी, हजुरहरुको राम्रो चिताउछु तर मैले के गरे  ’

धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा गत वैशाखदेखि शिक्षण गर्दै आएकी थिइन् राजेश्वरी डडाल । स्कुलले आह्वान गरेको दरखास्त बमोजिम आवेदन दिएकी राजेश्वरी छनोट प्रक्रिया पूरा गर्दै करार शिक्षकका रुपमा शिक्षण पेशामा लागेकी थिइन् । दार्चुलाको मार्मा गाउँपालिका(६ को सितोली स्थायी घर भइ धनगढी उपमहानगरपालिका ३ स्थित फूपुको घरमा बस्दै आएकी राजेश्वरी बर्खे विदामा घर गएकी थिइन् ।

पारिवारिक स्रोतका अनुसार राजेश्वरी फेसबुक आइडी उनकी जेठी दिदी रञ्जनाले पनि चलाउने गरेकी थिइन् । करिब २० दिन अगाडिको कुरा हो, दिदी रञ्जनाले राजेश्वरी र मामा नाता पर्ने मार्मा गाउँपालिका–६ को मौरे गाउँका जगदिश कोट्टारीबीचको सम्वादबाट दुवै जनाबीच प्रेम सम्बन्ध रहेको थाहा पाउँछिन् । रञ्जनाले घरमा बुवा राजेन्द्रसिंह डडाललाई फोन गरेर दुवै जनाबीच प्रेम सम्बन्ध रहेको र एकले अर्कोलाई फोन, म्यासेज गर्ने गरेको सुनाउँछिन् ।

पूर्व चिनजान र साला नाता पर्ने भएकाले राजेन्द्रले जगदिशलाई फोन गरेर हप्काउदै सम्झाइ बुझाई गर्छन् भने छोरीलाई पनि अबदेखि कुराकानी नगर्न र आफ्नो भविष्यलाई ध्यानमा राखेर अघि बढ्न भन्छन् । नातामा मामा भान्जी पर्ने मात्र नभएर जगदिश विवाहित पनि हुन् । दुवै जनाको सम्बन्धबारे थाहा पाएपछि सिमगार्ड परिवर्तन गरेर छोरीलाई बर्खे विदा मनाउन डडेल्धुरास्थित माइलो भाई गोपालसिंह डडालकोमा पठाउँछन् । ‘जेठो छोरीले दुई जनाको सम्बन्ध थाहा पाएपछि मैले दुवैलाई सम्झाइ९बुझाई गरेर गलत बाटोमा नलाग्न भनेको थिए । केटालाई फोन गरेर छोरीलाई किन डिस्टर्व गछौँ भनेको थिए,’ राजेन्द्रले भने, ‘उसले हामीबीच त्यस्तो केही पनि छैन भिनाजु भनेको थियो ।’

३ भदौँमा बर्खे विदा सकिएर विद्यालय सञ्चालन भएकाले राजेश्वरी डडेल्धुराबाट सोझै धनगढी आउँछिन् । ४ गते विद्यालय जाने बेला महेन्द्रनगरबाट धनगढी आएका जगदिश राजेश्वरीलाई स्कुल नजिकै भेटाउछन् । राजेश्वरीले परिवारलाई बताए अनुसार जगदिशले आफूहरुको सम्बन्धबारे सबैलाई थाहा भइसकेकाले गोदावरी धाममा गएर सिन्दुर हाल्ने वाचा गर्छन् । ‘यो बीचमा दुई जनाबीच सम्पर्क भएको थिएन तर केटा धनगढी आएर सिन्दुर हालेर विवाह नै गर्ने भनेपछि ४ गते छोरी उनीसँगै गोदावरी गएकी रहेछिन्,’ राजेन्द्र भन्छन्, ‘तर त्यहाँ सिन्दुर हालेन । कता बसेछन् त्यो पनि थाहा भएन । ५ गते दुवै जनालाई धनगढी चौराहमा भेटिएका थिए ।’ दार्चुलामै रहेका राजेन्द्रले दुवै जनालाई प्रहरीको जिम्मा लगाइदिन भनेका थिए । सोही अनुसार धनगढीमा रहेका आफन्तले दुवैलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएका थिए ।

आफन्तले जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएपछि प्रहरीले दुवै पक्षलाई सोही दिन (भदौँ ५ गते) छलफलका लागि बोलाउँछ । जिप्रकाका महिला तथा बालबालिका सेलमा भएको छलफलमा दुवै जना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको स्वीकार गर्छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले उनीहरु दुवैले प्रेम सम्बन्धमा रहेको स्वीकार गर्दै सहमतिमै अबदेखि अलग हुने बताएपछि कागज गरेर छाडिएको थियो । ‘दुवै जना अबदेखि हामीहरु एकअर्कासँग प्रेम सम्बन्धमा बस्दैनौँ भनेर सहमत भएपछि महिला तथा बालबालिका सेलमा कागज गरिएको थियो,’ प्रहरी निरीक्षक बस्यालले भने । तर प्रहरीले मिलापत्र गराएको २४ घण्टा नबित्दै राजेश्वरीले भने आत्माहत्याको बाटो रोजिन् । प्रहरीले मिलापत्र गराउदै दुवै जनालाई आफन्तको जिम्मा लगाएको भोलिपल्ट भदौ ६ गते बिहान धनगढी ३ को राना मन्दिर नजिकैको प्रतिक्षालयमा झुण्डिएको अवस्थामा राजेश्वरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनी मृत भेटिएपछि प्रहरीले मृतकका प्रेमी जगदिश कोट्टारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरी निरीक्षक बस्यालले मृतकका आफन्तले आत्महत्या दुरुत्साहनमा मुद्दा दिएपछि अनुसनधान अघि बढाइएको जानकारी दिए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा