धनगढीको बेलामा गौरा खेल (फोटो फिचर ) 

August 26, 7:45

धनगढी, ९ भदौ । सुदूरपश्चिम  प्रदेशको प्रसिद्ध गौरा पर्व धुमधामले मनाईएको छ ।   धनगढी उपमहानगरपालिका वडा नम्बर ६ बेलादेवीधाममा पुरुषको खेल एउटा  र महिलाको दुईवटा खेल गरि  देउडा खेल चलिरहेको छ ।  देउडा खेल्ने र हेर्न दर्शकको भिड लागेको थियो । 

पुरुषहरूले जनै धारण गरेजस्तै पश्चिम नेपालमा महिलाहरूले दुबोधागो धारण गर्ने गर्दछन्।  गौराघरबाट गौरालाई सिङारेर गौराखलामा लग्ने गरिन्छ। सोही अवसरमा महिलाहरूले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन रही आएको छ। 

सुदूरपश्चिम क्षेत्रमा गौराको उत्पत्ति, महेश्वरसँगको विवाह लगायतका प्रसङ्ग व्रतालु महिलाले फागमार्फत नै भन्ने गरेका छन्। व्रतालु महिलाहरूले गौराको पूजा गरिसकेपछि मुख्य प्रसादको रूपमा रहेको बिरुँडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने चलन छ।

पुरुषहरूले ठाँडोखेल, ढिस्को धमारी लगायतका ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन्। महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने गर्छन्। 

सुदूरपश्चिमका अधिकांश क्षेत्रमा  भदौ ४ गते देखि गौरा सुरु भइसकेको छ भने केही स्थानमा भदौ १८ गतेदेखि गौरा मनाउने तयारी भइरहेको छ। नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने गत पुस २५ गते नै भदौ ७ गते गौरा पर्व मनाउने गरेर स्वीकृति दिएको थियो।  

No description available.No description available.

No description available.

No description available.

No description available.No description available.No description available.No description available.

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा