मोहना नदीमा नुहाउने क्रममा डुबेर महिलाको मृत्यु

August 27, 6:32

कञ्चनपुर,१० भदौ। मोहना नदीमा नुहाउने क्रममा डुबेर एक महिलाको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका(९ राजघाटकी ७० वर्षीया गौरादेवी महराको मोहना नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान नदीमा नुहाउने क्रममा बेपत्ता भएकी महराको शव सशस्त्र प्रहरीको टोलीले फेला पारेको हो। सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक कमल जोशीको नेतृत्वमा खटिएको टोलीले नदीबाट शव निकालेको थियो।

 सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति प्रेमबहादुर रावलले प्रहरीले बेपत्ता महिलाको खोजीकार्य गर्न नसकेपछि सशस्त्र प्रहरीले खोजेर प्रहरीलाई बुझाएको बताए।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा