कैलालीको स्याउले बजारमा आजदेखि गौरापर्व विशेष मेला हुने

August 28, 8:25

धनगढी,११ भदौ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित स्याउलेमा आजदेखि गौरापर्व विशेष मेला सुरु हुने भएको छ। स्याउले स्थित विश्वनाथ महादेव मन्दिर परिसरमा आजदेखि १५ गतेसम्म मेला लाग्ने भएको हो।

मेला आज दिँउसो २ बजेबाट सुरु हुने जनाइएको छ। धर्मेश्वर फाउन्डेसनको आयोजना तथा स्याउले बजार व्यवस्थापन समिति र शिवशक्ति युवा क्लबको सहयोगमा मेला लाग्ने भएको हो। स्वर्गीय पिता धर्म सिंह देउवाको स्मृतिमा छोराहरु गणेश देउवा, गोपाल देउवा, मनिस देउवा र विरेन्द्र देउवाले फाउन्डेसनसंग मेलाको लागि सहकार्य गरेका हुन्।

मेलामा विभिन्न ठाँउका चर्चित डेउडा कलाकारहरुको पनि उपस्थीती रहने बताइएको छ। मेलामा फरक फरक दिन दार्चुलाकी गंगा धामी, बझाङका बाल्केश थापा, कैलालीका पदम जोशी र कञ्चनपुरकी पुष्पा जोशीको सहभागिता रहने छ।
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा