धनगढीमा एक सयमा शाकाहारी खाना 

August 30, 2:37

धनगढी,१३ भदौ । धनगढीको अपि सैपाल थकाली खाना घर एण्ड क्याफेले एक सय रुपैयाँमा खाना खुवाउने भएको छ। बुधबार देखि धनगढी रङ्गशाला अगाडि खुलेको खाना घरले शाकाहारी खाना एक सयमा खुवाउने छ। खाना घरमा स्पेसल थकाली खाना, कोदो र मकैको रोटी, कोदोको ढिडोसमेत उपलब्ध रहेको सञ्चालक रामबहादुर बोहराले बताए।

खाना घरसँगै क्याफेको उद्घाटन प्रदेश सभामुख भीमबहादुर भण्डारीले गरेका हुन्। बझाङको बुङ्गल नगरपालिका घर भएका खाना घर तथा क्याफे सञ्चालक बोहराले करिब ७० लाखको लगानीमा खाना घर र क्याफे सञ्चालनमा ल्याएको बताए। खाना घर एण्ड क्याफेमा रेष्टुरेन्ट, क्याबिन र दुईवटा डाइनिङ हल रहेका छन्।

खाना घरमा मटन र लोकल चिकेन खाना २५० मा खुवाइने छ भने थकाली खानाको मूल्य ४२०, कोदो र मकैको रोटी, चटनी, साग र मोहिको १७० रुपैयाँ मूल्य रहेको छ। होटल सञ्चालक बोहराले बझाङको अर्गानिक मकै र कोदो अनि भाङोको चटनी र मोही नास्ताको रुपमा उपलब्ध हुने बताए। उनले स्कुल कलेज पढ्ने विद्यार्थी र अन्य कामकाजी व्यक्तिहरूलाई मध्यनजर गरेर एक सयमा शाकाहारी खाना उपलब्ध गराउने सोच बनाएको बताए।
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा