जवानीमा सिकेको सिप बुढेसकालको सहारा

August 30, 4:56

धनगढी,१३ भदौ । सिपले मान्छेलाई स्वावलम्बी बनाउँछ भन्ने कुराको उदाहरण बन्नुभएको छ, कैलारी गाउँपालिका–२, उजलीसेमराका ७५ वर्षीय वृद्ध हरिराम चौधरी। यो उमेरमा उहाँलाई पैसाका लागि अरूको मुख ताक्नु परेको छैन।  जवानी उमेरमा सिकेको सिपले उहाँलाई आत्मनिर्भर नै बनाएको छ। ज्येष्ठ नागरिक चौधरीले बाँसको छिटुवा (डालो) र डिलिया (माछा राख्ने) बनाएर बिक्री गर्दै आएका  छन । 

“यो सिप नसिकेको भए, सायदै म यो अवस्थामा हुने थिएन,” चाउरी परेको अनुहार मुसुक्क पार्दै उनले भने, “जमानामा छिटुवा र डिलिया बनाउन सिकेकाले खाली हात बस्नु परेको छैन। 

उनेले बाँसको छिटुवा र डिलिया बनाएर धनगढीसम्म बिक्री गर्दै आउनुभएको छ। माछा राख्ने डिलिया दुई सय, ठुलो छिटुवा ३५० र सानो छिटुवा ३०० मा बिक्री गर्ने गरेको उनले सुनाए। बुढापाकाहरू यस्ता सामग्री बनाउन खप्पिस हुने गर्दछन्।  अन्य काम नभएको बेला  छिटुवा र डिलिया बनाउने गरेको भनाइ चौधरीको छ। “काम नभएको बेलामा त धेरै बनाउन सकिन्छ,” उनले भने, “बुढेसकालमा बैठलसे बेगारी (बसिबियाँलो) जे होस् ठिकै भएको छ।”

ज्येष्ठ नागरिकले मासिक सामाजिक सुरक्षा भत्ता चार हजार रुपियाँसम्म आउँछ। त्योभन्दा बढी उहाँ छिटुवा र डिलिया बेचेर कमाउनुहुन्छ। “त्यति धेरै कमाई त हुँदैन, जे होस् गोजी रित्तो हुँदैन,” उनले भने। आफैँ कमाउने गरेकाले अरूसँग पैसा माग्नुपर्ने अवस्था नआएको भनाइ उनको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा