पूर्वयुवराज पारसको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स अस्पताल पुगे कमल थापा

September 02, 11:36

काठमाडौं,१६ भदौ । पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा ह्याम्स अस्पताल पुगेका छन्।

मुटुमा समस्या आएपछि शुक्रबार साँझ अस्पताल भर्ना भएका पूर्वयुवराज पारसको स्वास्थ अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष थापा शनिबार बिहान अस्पताल पुगेका हुन्। भेटमा पूर्वयुवराज शाहले आफू ठीक रहेको र अहिले कुनै समस्या नरहेको जानकारी दिएको बताइएको छ।

राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौलासँगै अस्पताल पुगेका उनले पारसको स्वास्थ्य लाभको कामना गरेका थिए।

अस्पताल स्रोतका अनुसार स्वास्थ्यमा त्यस्तो समस्या नदेखिएकाले पारस शनिबार नै डिस्चार्ज हुनेछन्। पारस अस्पताल भर्ना भएपछि उनलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी अस्पताल पुगेका थिए।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा