प्रदेश सभाको कामकारबाही सुस्त

September 04, 10:10

धनगढी,१८ भदौ ।  सुदूरपश्चिम प्रदेश सभाको कामकारबाही सुस्त बनेको छ । सरकारले बिजनेस दिन नसक्दा प्रदेश सभा सुस्त बनेको हो । प्रदेश सरकार गठन भएको यतिका महिना बित्दा पनि प्रदेश सभाले नयाँ विधेयक पाएको छैन । 

सुरुवातमा सरकार फेरबदल र पूर्णता दिनमै समय व्यतीत भयो । पछिल्लो समय सरकारले पूर्णता पाइसक्दासमेत प्रदेश सभाले बिजनेस अभाव झेलिरहेको प्रदेश सभा सदस्यहरू बताउँछन् । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले सभा सञ्चालनका लागि बिजनेस नरहेको जानकारी दिए ।

उहाँका अनुसार सरकारले नयाँ विधेयक दिएको छैन । प्रदेश सभा सञ्चालनका लागि अन्य विषय पनि छैन । बिजनेस नरहेकाले प्रदेश सभा कहिले सञ्चालन हुने भन्ने टुङ्गो लागिसकेको छैन । पछिल्लो पटक करिब एक महिनापछि भदौ ४ गते प्रदेश सभाको बैठक बसेको थियो । 

संसदीय समितिलाई टुक्रयाउनका लागि प्रदेश सभा नियमावली २०७४ पहिलो संशोधन २०७६ सहितलाई संशोधन गर्नका लागि नियमावली संशोधन मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव पारित गराउनका लागि बैठक बसेको थियो । 

अहिले मस्यौदा समितिले संसदीय समिति  टुक्रयाउनका लागि काम गरिरहेको छ । कम्तीमा दुई वटा संसदीय समिति बढाएर छ वटा पु(याउने गरी छलफल अगाडि बढेको बुझिएको छ । भदौ ४ गतेको बैठकपछि प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित छ । 

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्य दिवानसिंह विष्टले प्रदेश सभालाई सव्रिmय बनाउन सरकारबाट ढिलासुस्ती भइरहेको उल्लेख गर्नुभयो । सरकारले प्रदेश सभालाई बिजनेस दिन नसकिरहेको अवस्था छ उहाँले भन्नुभयोे, “निर्वाचन जितेर आउँदै गर्दा हामीले जुन गतिमा काम गर्छौं भनेका थियौँ, त्यसरी काम गर्न ढिलाइ भइरहेको छ ।” 

प्रदेश सभा सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेश सभाको बैठक गत पुस १८ गतेबाट सुरु भएको थियो । हालसम्म दुई अधिवेशनमा २२ वटा बैठक बसेको छ । बैठकबाट मुख्यमन्त्रीलाई विश्वासको मत दिने, सभामुख, उपसभामुख चयन र बजेट पारितको काम भएको छ । 

गत भदौ ४ गते बसेको बैठकमा प्रदेश सभा सदस्यलाई बोल्नका लागि शून्य समय पनि उपलब्ध गराइएको थियो । जसमा १८ जना प्रदेश सभा सदस्यले समसामयिक विषयसहित आआफ्ना निर्वाचन क्षेत्रको कुरा राख्नुभएको थियो । यसबाहेक सुदूरपश्चिम प्रदेश सभाबाट अरू काम भएको छैन । कानुन निर्माण कार्य त शून्य रहेको छ । 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा