भारतले धौलीगंगाको बाँध खोल्यो, महाकाली नदी किनारमा सतर्कता

September 04, 10:38

धनगढी,१८ भदौ । भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेको छ ।

उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा बाँधका ढोका सोमबार बिहान ५ बजे खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

बिहान ५ बजे बाँधका ढोका महाकाली नदीमा जलस्तर बढेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र नदी किनारमा आवतजावत नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले सूचना जारी गर्दै सतर्कता अपनाउन यसअघि नै आग्रह गरेका थिए ।

भारतीय प्रशासनले बाँधको सिल्ट सफा गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार भारतले मंगलबार बिहान पनि बाँधका ढोका खोल्ने छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा