उरै नाका खोल्न व्यवसायीको अनुरोध

September 05, 8:35

धनगढी, १९ भदौ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणमा बझाङको उरै नाका पुनः सञ्चालनमा ल्याउने विषयलाई एजेन्डामा समावेश गर्न सुदूरपश्चिमका व्यवसायीले अनुरोध गरेका छन् ।

नेपाल उद्योग वाणिज्य सङ्घ सुदूरपश्चिम प्रदेशसहित उद्योग, पर्यटन, होटललगायत क्षेत्रका व्यवसायीले उरै नाका सञ्चालनमा ल्याउन चीनसँग कूटनीतिक पहल गरिनुपर्ने बताएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाउँदै आवश्यक पहल गरिदिन व्यवसायीले आग्रहसमेत गरेका छन् । 

छिमेकी मुलुक चीनसँग जोडिएको उरै व्यापारिक नाका खोल्न सकेमा उद्योग, पर्यटन तथा व्यापारका माध्यमबाट यस प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने व्यवसायीको अपेक्षा छ । रेशम मार्गको मुख्य शाखाका रूपमा रहेको उरै नाकामार्फत करिब एक हजार वर्षदेखि व्यापारिक र धार्मिक गतिविधि हुँदै आएकोमा कोरोनापछि चीन सरकारले यो नाकाबाट प्रवेश निषेध गरेको थियो । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का प्रदेश अध्यक्ष पदमविक्र म सिंहका अनुसार नाका बन्द हुँदा यस क्षेत्रको परम्परागत व्यापारिक, धार्मिक गतिविधि, सीमा क्षेत्रका बासिन्दाको दैनिक गतिविधि र पारस्परिक सम्बन्धहरू प्रभावित भएका छन् ।

भारतको राजधानी नयाँ दिल्लीलाई चीनको तिब्बतसँग छोटो दुरीमा जोड्न सक्ने उरै नाका सञ्चालन हुन सकेमा सुदूरपश्चिम प्रदेशको मात्रै नभई राष्ट्रिय अर्थतन्त्रमा नै महत्त्वपूर्ण योगदान पुग्ने व्यवसायीको धारणा छ । उनीहरूले त्रिदेशीय उरै नाका खुलाउनुपर्ने माग राख्दै आएका छन् । मुख्यमन्त्री शाहले आफूले परराष्ट्रमन्त्रीसँगको भेटमा सुदूरपश्चिमबाट चीन जोड्ने बाटो र सुदूरपश्चिमका आयोजनालाई एजेन्डाका रूपमा समेट्न आग्रह गरेको बताए ।  

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा