गोदावरीमा सम्भव नभए राजधानीका लागि विकल्प खोज्छौं : मुख्यमन्त्री शाह

September 06, 1:33

डडेल्धुरा,२० भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरीमा सम्भव नभए राजधानीका लागि विकल्प खोजिने बताएका छन् । नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् । ‘गोदावरीमा राजधानी बनाउने भन्ने दुई तिहाईको निर्णय पनि हो,’ मुख्यमन्त्री शाहले भने, ‘विभिन्न कारणले वन मन्त्रालय लगायतका अनुमति दिन नसकिरहेको अवस्था छ । सरोकारवाला मन्त्रालयबाट अनुमति लिएर राजधानी बनाउने प्रक्रियामा हामी जान्छौं । त्यो सम्भव भएन भने विकल्प खोज्नेछौं ।’ 

उनले राजधानी स्थापनाका विषयमा गठबन्धनका दलहरुबीच छलफल पनि सुरु गरिसकेको बताए । मुख्यमन्त्री शाहले प्रदेशको नाम परिवर्तनका विषयमा पनि पटकपटक चर्चा हुने गरेको भए पनि तत्काल त्यसको तयारी भने नभएको बताए । ‘नाम परिवर्तन नै नहुने भन्ने होइन,’ मुख्यमन्त्री शाहले भने, ‘उपयुक्त नाम पाइयो भने संसोधन गरौंला । तर अहिले त्यस्तो केही तयारी छैन ।’

मुख्यमन्त्री शाहले कृषि, पर्यटन र उर्जाको क्षेत्रलाई प्राथमिकतामा राखेर सुदूरपश्चिम सरकारले काम गरिरहेको बताए । ‘सुदूरपश्चिम सरकार राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा सन्देश दिने गरी काम गरिरहेको छ,’ मुख्यमन्त्री शाहले भने । सुदूरपश्चिममा भएका सम्भावनालाई उजागर गर्न निजी क्षेत्रलाई पनि आह्वान गरिसकेको बताउँदै मुख्यमन्त्री शाहले सुदूरपश्चिम सरकार सहकार्य गर्न तयार रहेको बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा