काम गर्नलाई कानुन छैन : कानुनमन्त्री भट्ट

September 06, 1:49

बैतडी,  २० भदौ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले कानुन नहुँदा प्रदेश सरकारले जनअपेक्षाका अधिकांश काम गर्न नपाएको बताए ।    

नेपाल प्रेस युनियन बैतडीले गोठालापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री भट्टले कानुन नहुँदा प्रदेश सरकारले गति लिन नसकेको बताएका छन। 

“स्थानीय तहले नगरप्रहरी भर्ना गर्न पाउने कानुन छ तर प्रदेश सरकारले प्रदेश प्रहरी भर्ना गर्नसक्ने व्यवस्था छैन” मन्त्री भट्टले भने, “प्रदेशले बनाएको प्रहरीसम्बन्धी कानुनलाई किताबखानाले मान्यता दिएको छैन । जिम्मेवारीका हिसाबले मलाई प्रदेश निर्वाचन क्षेत्रका जनताले निर्वाचित गरेर अहिले प्रदेशको गृह, सञ्चार र कानुन मन्त्रालयको जिम्मेवारीमा छु, तर काम गर्ने कानुन नै छैन ।”

प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुहुँदै मन्त्री भट्टले सङ्घीयताको सफल कार्यान्वयनका लागि प्रदेश सरकार बलियो हुन आवश्यक रहेको बताए । सङ्घीय सरकारले बनाउनुपर्ने कानुन समयमै नबनाउँदा प्रदेश सरकारलाई अप्ठ्यारो भएको मन्त्री भट्टले चर्चा गरे । प्रदेश सरकारले बनाउनुपर्ने आवश्यक सबै कानुन आफ्नो कार्यकालमा पूरा गर्न तीव्र गतिकासाथ लागिपरेको मन्त्री भट्टले स्पष्ट पारे ।   

मन्त्री भट्टले आफूले सम्हालेको मन्त्रालयले तीनवटा क्षेत्र हेर्ने भए पनि कानुनी जटिलता र कर्मचारी अभावका कारण जनअपेक्षाका काम गर्न समस्या भइरहेको बताए । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गृह र सञ्चार मन्त्रालयको समेत काम गरिरहेको तर त्यसका लागि आवश्यक संरचना नभएको मन्त्री भट्टले बताए । मन्त्री भट्ट बैतडीको प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा