धनगढी उप–महानगरद्धारा किसानलाई पावर टिलर हस्तान्तरण 

पावर टिलर
पावर टिलर
July 18, 4:22

धनगढी, साउन २ - धनगढी उप–महानगरपालिकाको कृषी शाखाले बिहीबार नगरक्षेत्रका किसानहरुलाई ठूलो अनुदानमा पावर टिलर उपलब्ध गरेको छ ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले पावर टिलरहरु हस्तान्तरण गरेकी हुन । उप–महानगरपालिका भित्रका कृषक समुह, कृषी सहकारी संस्था, फर्म र ब्यक्तिलाई ५० प्रतिशत अनुदानमा पावर टिलरहरु उपलब्ध गराएको उप–प्रमुख सुशिला मिश्र भट्टले बताईन ।
धनगढी उप–महानगरपालिकाले कृषी प्रणालीलाई प्रविधीयुक्त बनाउने निति लिएको छ उप–प्रमुख भट्टले भनिन्, त्यसैले ब्यावसायीक किसान, कृषक समुह, कृषी सहकारीहरुलाई पावर टिलर अनुदानमा दिएका हौं । यस अघि पनि बिभिन्न कृषक समुहहरुलाई पम्पसेट, मोटर, बोरिङ लगायतका कृषी उपकरण ८० प्रतिशत र पूर्ण अनुदानमा समेत उपलब्ध गराएको बताउदै उप–प्रमुख भट्टले भनिन्, ब्यावसायीक रुपमा खेति गर्न चाहनेहरुका लागि थुप्रै सहयोगका कार्यक्रम हामिले ल्याएका छौं । किसानहरुलाई बिउ बिजन देखि आवश्यक तालिम समेत धनगढी उप–महानगरपालिकाले संचालन गर्दै आएको पनि उप–प्रमुख भट्टले बताईन ।
उप–महानगरपालिका कृषी शाखा प्रमुख लोकराज उपाध्यायले ३ वटा कृषक समुह, २ वटा कृषी सहकारी संस्था, ३ वटा फर्म र २ जना ब्यावसायीक किसानहरु गरि १० जनालाई पावर टिलर हस्तान्तरण गरेको बताए । १ लाख ८५ हजार लागत मुल्य पर्ने पावर टिलरमा धनगढी उप–महानगरपालिकाले ९२ हजार ५०० अनुदान उपलब्ध गराएको पनि कृषी शाखा प्रमुख उपाध्यायले बताए । कृषी शाखाले जेठ १० गते अनुदानमा पावर टिलर उपलब्ध गर्ने बारे किसानका लागि पत्रिकामा सूचना प्रकाशित गरेको बताउदै उपाध्यायले भने, प्रकृया पुरा गरेर आएका आवेदकलाई पावर टिलर उपलब्ध गराईएको हो । 


 

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा