एसपीएमा पुजाराको प्यानल बिजयी 

September 14, 12:40

धनगढी,२८ भदौ । एसपीए कलेजको विद्यार्थी परिषदमा कृष्ण पुजाराको प्यानल विजयी भएको छ । अध्यक्षमा स्वतन्त्र विद्यार्थी परिषदका उमेद्वार कृष्ण पुजारा निर्वाचित भएका छन् । बुधबार भएको परिषदको मतदानबाट प्रतिद्वन्दी सुलभ थापालाई हराउदै पुजाराको पुरै प्यानल विजयी भएका हुन् ।

बिजयी पुजाराले २४८ मत पाएका हुन् भने थापाले १७९ मत प्रप्त गरेका थिए । उपाध्यक्ष भुवन बिष्टले २३२ महिला उपाध्यक्ष आयुष्मा जोशी २६० मत, सचिव निशान्त बमले २६६ मत, सहसचिव निरकमल उपाध्याय २३६ मत र कोषाध्यक्ष हेम जोशीले २६१ मत प्राप्त गरेका हुन् ।

त्यसैगरी ललित महतोले २६४ मत, योगेन्द्र चन्दले २६० मत, गायत्री जोशीले २६९ मत, नविन रानाले २४९ मत, प्रतिमा शाहीले २५६ मत, कबिराज खत्रीले २७० मत प्राप्त गरी विजय भएका छन् । कुल ८६९ मत रहेको बिद्यार्थी परिषदमा ५१७ मत खसेका थिए भने ४७ मत बदर भएका थिए । एसपीए विद्यार्थी परिषद् पूर्णतयास् गैर राजनीतिक विद्यार्थीहरुको साझा मञ्च हो ।
 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा