kagendra

विदेशी भूमिबाट फुटबलमा उदाउँदै कैलालीका सिजन

September 24, 3:41

धनगढी । कैलालीका १२ वर्षीय सिजन राना विदेशी भूमिबाट फुटबलमा उदाउनु भएको भएको छ । 

गोदावरी नगरपालिका–५ घर भई हाल अभिभावकसँग अमेरिकाको केन्टकी बस्दै आउनुभएका उहाँ विदेशमा खेलप्रेमीहरुको मन जित्न सफल भइरहनु भएको हो । फलस्वरूप विश्वका चर्चित क्लबले जुनियर टिमका लागि सिजनमाथि आँखा लगाइरहेका छन् । 

लेक्सिन्टन स्पोर्टिङ क्लबमा रहेका सिजनलाई अमेरिकाको चर्चित एमएलएस लिगका लागि एफ्सी सिनसिन्नाति क्लबले अफर गरेको जनाइएको छ । 

यसैगरी, युरोपको चर्चित क्लब साउथ ह्याम्पटनले सिजनलाई निमन्त्रणा गरेको छ । ट्राई आउटका लागि उहाँ आगामी नोभेम्बरमा इङग्ल्याण्ड जाने तयारीमा हुनुहुन्छ । सिजनको खेल प्रतिभा देखेर जापानका क्लबहरूले पनि अफर गरेका छन् । 

गेटाका कृष्ण राना र पवि खड्काका सुपुत्र सिजन मुख्य स्ट्राइकर र लेफ्ट विङ्गर पोजिसनमा खेल्नु हुन्छ । उत्कृष्ट प्रदर्शन गरेर उहाँले आफ्नो क्लबलाई केन्टकी प्रिमियर लिग, केन्टकी स्टेट लिग, लोयिसभिल्ले कप, नाशभिल्ले ब्याटल ग्राउण्ड च्याम्पियनसिप जिताइ सक्नुभएको छ । 

फुटबल खेल्न अत्यधिक रुचाउने सिजनले राम्ररी फुटबल सिकेर निकट भविष्यमा नेपाली राष्ट्रिय टिमबाट खेल्ने आफ्नो चाहना रहेको बताउनुभयो । “म अझ धेरै सिकेर नेपाली टिमबाट खेल्न चाहन्छु”, उहाँले भन्नुभयो । 

सिजनले अहिले कक्षा ६ मा अध्ययन गरिरहनुभएको छ । अध्ययनसँगै फुटबल प्रशिक्षण गर्दै आउनु भएको उहाँ असाधारण क्षमताका फुटबल खेलाडी रहेको सिजनका प्रशिक्षक जो एडम्स बताउनहुन्छ । 

“सिजन बलसँग दगुर्ने, राम्रो पास गर्ने प्राकृतिक सीप भएको खेलाडी हुन”, उहाँले भन्नुभयो,“यति सानो उमेरमा यो स्तरको खेल खेल्ने उनको भविष्य निकै उज्ज्वल छ ।” -गोरखापत्र

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

आठौँ संस्करणको लिटिल फ्लावर क्रिकेट प्रतियोगिता मंसिर ९ गतेबाट…
कैलाली । आठौँ संस्करणको लिटिल फ्लावर प्रमियर लिग २०८० मंसिर ९ गतेबाट सुरु हुने भएको छ । आज धनगढीमा… विस्तृतमा
फारवेष्ट पशुपति कप मंसीर २२ गतेदेखि
धनगढी । छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आगामी मंसीर २२ गतेदेखि आयोजना हुने भएको छ ।… विस्तृतमा
शिखर सरकार खेलकुदमा लगानी बढाउन तयार छः नगर उपप्रमुख रावल
दिपायल /  शिखर नगरपालिकाकी उपप्रमुख सुनिता रावल जोराले शिखर सरकार नगरको खेलकुद क्षेत्रमा लगानी… विस्तृतमा
विश्वकप एसिया छनोटको उपाधि ओमानलाई, सुपर ओभरमा नेपाल पराजित
सुपर ओभरमा घरेलु टोली नेपाललाई हराउँदै आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको उपआधि ओमानले… विस्तृतमा