संसदीय समिति सभापतिको निर्वाचन स्थगित

September 27, 4:25

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापतिको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । 

प्रदेश सरकारको आग्रहमा निर्वाचन स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो । सचिवालयले गत आइतबार मात्रै निर्वाचन कार्यतालिका प्रकाशित गरिएको थियो ।

तालिकाअनुसार शुक्रबार (असोज १२ गते) समितिका सभापतिहरूको निर्वाचन तय भएको थियो । पूर्व निर्धारित मितिमा अब निर्वाचन नहुने बोगटीले बताउनुभयो । 

प्रदेश सभा सचिवालयले चारवटा विषयगत समितिका सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाएको थियो । समितिहरू लामो समयदेखि सभापतिविहीन छ । समितिमा सभापति नै नरहेका कारणले सार्वजनिक लेखा समितिबाहेक अन्य समितिहरूको बैठक पनि खासै बस्ने गरेको छैन ।  

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा