डोटीको बडिकेदारमा टि -२० क्रीकेट प्रतियोगिता हुने

October 10, 11:19

एकेन्द्र चन्द /डोटी / डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ४ रनुकाडामा दशैको अबसरमा कार्तिक ९ गते देखि   गाउँपालिका स्तरीय दोस्रो रनुकाडा टि- २० क्रीकेट प्रतियोगिता हुने भएको छ ।

बडिकेदार गाउँपालिका शिक्षा युबा तथा खेलकुद शाखा र बडिकेदार गाउँपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा क्रीकेट प्रतियोगिता हुन लागेको हो । रनुकाडा युवा क्लबका अध्यक्ष विशाल ताडिका अनुसार प्रतियोगिताको बिजेताले १२ हजार ५ सय ५५ रुपैयाँ र उपबिजेताले ६ हजार ५ सय ५५ रुपैयाँका साथै ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ ।

म्यान अफ द सिरिज, बेस्ट ब्याटर, बेस्ट बलर र म्यान अफ द म्याचलाइ समेत पुरस्कारको ब्यवस्था गरिएको छ । टिम दर्ता शुल्क १ हजार ५ सय रहेको छ भने ।टिम दर्ता कार्तिक ९ गते बिहान १० बजे सम्म गरिसक्नु पर्ने जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा