एमालेका युवा नेता प्रशान्त थापाको प्रदेश सदस्यमा उम्मेदवारी
धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन चलिरहेको छ ।
आज पदाधिरकारीको लागी मतदानको तयारी भईरहेको एमालेका एक नेताले बताए ।
उक्त अधिवेशनमा कैलाली जिल्लाबाट युवा नेता प्रशान्त थापाले भुगोल तर्फबाट सदस्यामा उम्मेदवारी दिएको बताए ।
यस्तै अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी, वचनबहादुर सिंह र भरत साउद गरि ४ जनाको उम्मेद्धवारी रहेको छ ।
उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद गरि पाँच जनाको उम्मेदवारीरहेको छ ।
सचिवमा रणबहादुर चन्द र राजेश खाति चुनावी मैदानमा रहेका छन् ।
उपसचिव (महिला ) भागरथी विष्ट कन्दकलाकुमारी राना र अर्चना गहतराज छन । उपसचिव (खुल्ला) रामदत्त जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्ट गरी ६ जना चुनावी मैदानमा रहेका छन ।