‘स्मार्ट’ धनगढीः तेस्रो चरणको सडक बत्ती जडान

October 20, 12:16

धनगढी । धनगढी उपमहानगरपालिकाले  ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत तेस्रो चरणको ‘स्मार्ट’ सडक बत्ती जडान गरेर बत्ती बाल्ने कामको सुरुवात गरेको छ।

पहिलो चरण अन्तर्गत स्मार्ट स्ट्रिट लाइट धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रमा यसअघि नै बालिसकेको छ। ८ मिटर स्टील ट्युबलर पोलमा दुई सय १२ थान, १२० वाट लाइन चार सय ३२ थान जडान गरेर बत्ती बाल्ने काम भएको हो।

उपमहानगरपालिकाको ६० तथा नेपाल विद्युत प्राधिकरण राष्ट्रिय सडक बत्ती प्रबद्र्धन आयोजनाको ४० प्रतिशत लागत साझेदारीमा दुई करोड ६१ लाख ७५ हजार ४६ रुपैयाँ धनगढी र एक करोड ७ लाख ८३ हजार तीन सय ६४ रुपैयाँ प्राधिकरणको गरी धनगढीमा ६ दशमलव ६ किलोमिटरमा स्मार्ट स्ट्रिट लाइट जडान गरिएको थियो।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा