सेती प्रादेशिक अस्पतालमा सिकलसेलको जाँच निःशुल्क

November 21, 10:51

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल एनिमियाको जाँच निःशुल्क गरेको छ । सिकलसेल एनिमिया निदानको लागि गरिने प्रयोगशाला जाँच (इलेक्ट्रोफोरोसिस) सेवा अस्पतालले निःशुल्क गरेको हो । आजदेखि सर्वसाधारणले यो सेवा उपभोग गर्न पाउने अस्पतालले सूचना जारी गरेर जनाएको छ । 

थारु समुदायमा जनस्वास्थ्य समस्याको रूपमा देखिएको सिकलसेल एनिमियाका बिरामीले परीक्षण र उपचार सेती प्रादेशिक अस्पतालमा गराउँदै आएका छन् । अस्पतालले सिकलसेल जाँच गरेबापत यस अघिसम्म केही शुल्क लिदैं आएको थियो । 

अब जाँच सेवा निःशुल्क भएको अस्पताल सञ्चालक समितिका अध्यक्ष नरबहादुर शाह (निर्मल) ले जानकारी दिनुभयो । यो सेवा सामाजिक सेवा एकाइ (कोठा नम्बर २४) बाट उपलब्ध हुने अस्पतालले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा