घाटमा सिसिटिभी क्यामेरा जडान

November 22, 11:34

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदी तथा स्थानीय खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्य खोल्नका लागि तीन महिना बित्न लाग्दा समेत ठेका सम्झौता गर्न सकेको छैन ।

असोज १ गते सम्म नदिजन्य पदार्थको उत्खननका लागि ठेका लगाउनु पर्ने भए पनि भीमदत्तले विभिन्न कारण देखाएर समयमै ठेका सम्र्झौता गर्न नसक्दा भीमदत्त नगरपालिका ११, १२ र १३ का स्थानिय तथा निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

समयमै नदीजन्य पदार्थ उत्खनन, संकलन र वितरणमा हुन नसक्दा गिट्टी, बालुवा छानेर जीविकोपार्जन गर्ने मजदुर तथा निर्माण व्यवसायी मारमा परेको भन्दै मंगलवारदेखि नगरपालिका कार्यालयमा आन्दोलन थालेका छन् ।

महाकाली नदीको वातावरणीय प्रभाव मूल्याङ्कन (इआए) सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयमा अध्ययनका क्रममा रहेको तथा अन्य खोलाको आइई संशोधनका क्रममा भएकाले ठेक्का बन्दोबस्ती गर्न समय लाग्ने नगरपालिकाले जनाएको थियो ।

समयमै नदीजन्य पदार्थको उत्खनन प्रकियामा नगरपालिकाले ठेक्का नलगाउाँ स्थानिय स्तरका मात्र्रै नभई विकास निर्माणका ठूला योजना समेत प्रभावित भएका छन ।

ढुवानी व्यवसायी राजु विष्टले नगरपालिकाका जनप्रतिनिधिको चरम लापरहवाी, ढिलासुस्ती र क्रसर व्यवसायीको मिलेमतोमा व्यवसायीहरुलाई मारमा पारेको र अविलम्ब महाकाली लगायत जिल्लाका ठुला साना खोलामा नदीजन्य पदार्थको ठेक्का लगाउन माग सहित आन्दोलन गर्नु परेको बताए ।

असोज १ गते नै खोल्नुपर्ने घाटहरु समयमै नखोल्दा आफुहरुले जबरजस्ती नदीजन्य पदार्थ उठाउनु पर्ने बाध्यता आएको एक साताभित्र समस्या समाधानको आश्वासन दिएको एक महिना थपिँदा समेत समस्या समाधानका लागि नगरपालिकाले कुनै चासो नदिएको र आफुहरुको व्यवसाय नै धरापमा पर्ने देखिएपछि शसक्त आन्दोलनमा जानु पर्ने बाध्यता रहेको र सोबाट हुने क्षतिको जिम्मा भीमदत्त नगरपालिकाले लिनु पर्ने भन्दै ढुवानी व्यवसायी भोज बहादुर ठगुन्नाले आक्रोश पोखे ।

भीमदत्त नगरपालिकाले गत फागुनमा महाकाली नदीको इआएका लागि सार्वजनिक सूचना गरी परामर्शदाता नियुक्त गरेको थियो । परामर्शदाताले दुई महिना अघि मन्त्रालयमा बुझाएको प्रतिवेदन स्वीकृत नभएर ठेक्का लगाउन नसकिएको नगरपालिका कार्यालयले जनाएको छ ।

जिल्लामा रहेका माहाकाली नदि संगै साना ठुला खोलामा हरेक वर्ष भाद्र महिनामै ठेक्का सम्झौता भई असोज १ गते देखि नदिजन्य पदार्थको उत्खनन हुने भएपनी यस वर्ष भने मंसिर पहिलो साता वित्न लाग्दा समेत ठेक्का प्रक्रियामा समेत जान सकेको छैन ।

महाकाली नदी बगरमा बालुवा गिट्टी छानेर दैनिक गुजारा गर्ने तटिय क्षेत्रका वासिन्दा काम नखोल्दा हैरान भएका छन् । बेला त्यहि गिट्टी, वालुवा छानेर चाड वाडका मनाउने र बाल वच्चाका लागी स्कुल खर्चा लत्ता कपडाका जोहो गर्दै आउने भए पनि यस वर्ष समयमै महाकालीका नगरपालिकाको वेवास्ताका कारण काम गर्न नपाउँदा दैनिक छाक टार्न समस्या भएको स्थानी बताउँछन् ।

रोयल्टी ठेक्का अमानतामा लगाएको भन्दै विरोध भएपछि भीमदत्तका मेयर पदम बोगटी र प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारीहरु मन्त्रालय पुगेका थिए । तर मन्त्रालयमा समेत समयमै काम अघि नवढ्ने भएपछि नगरपालिकाको नदी तटीय क्षेत्रमा रहेका वडाहरुका स्थानिय जनप्रतिनिधिले समेत नगरपालिकाले गरेको निर्णयको विरोध गरेका छन ।

उनीहरुले पटक पटक कार्यापालिकाका ठेक्का प्रक्रियामा जानका लागी पहल थाल्न सुझाव दिदै आएको भएपनी नगरपालिकाले विभिन्न बहाना देखाएर पन्छिन खोजेको आरोप लगाएका छन ।

यता भिमदत्त नगर पालिकाका नगर प्रमुख पदम बोकटीले अवका ७ दिन भित्र ठेक्का नलागे कार्यपालिकाबाट निर्णय गराई अमानतबाट भए पनि नदीजन्य पदार्थ उत्खननका लागि घाट खोलिने र राजश्वलाई लाई चुहावट हुन नदिन ५ वटा घाटमा सिसिटिभी जडान गर्ने तथा राजश्व समेत अनलाईनबाटै काट्ने गरी नगरपालिकाले तयारी गरिरहेको बताएका छन ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा