कविता : दशैँ

news
news
October 07, 12:59

हरेक वर्ष आउँछ दशैँ

उहि मिती, उहि तिथीमा

उस्तै महिना, उस्तै महिमा बोकेर

आउन त आउँछ

हरेक वर्ष दशैँ,

आउँदा मात्रै फरक-फरक कथा,व्यथा बोकेर आउँछ।

धनिहरूका लागी हर्ष बोकेर आउँछ,

उमंगका लहर बनेर आउँछ,

खुसीहरूका तरंग बोकेर आउँछ।

आउन त आउँछ

हरेक वर्ष दशैँ

उहि मिती, उहि तिथीमा

आउँदा मात्रै फरक-फरक कथा,व्यथा बोकेर आउँछ।

गरीबहरूका लागी,

पिडा बल्झाउने घाउ बनेर आउँछ

दु:ख,दर्दको खत बोकेर आउँछ,

निराशाहरूको निशानी बोकेर आउँछ,

हुने खानेको लागी दशैँ बनेर आउँछ

हुँदा खानेको लागी दशा बनेर आउँछ।

वर्षौ देखी लाहुरमा

वेपत्ता भएको छोराको सम्झनामा

आँशु धारा बनेर आउँछ

आमाको लागी दशैँ।

रणभूमिमा युद्ध लड्दा लड्दै,

विरगती पाएको

श्रीमानको विरताले,

दशैँमा खान पुग्दैन श्रीमतीलाई

पिडामा लगाउने मलमको काम गर्दैन बा आमालाई,

बुवाको आभाष दिन सक्दैन छोरा-छोरी लाई,

मिठो मसिनो खान पुग्दैन घरपरीवारलाई,

यादहरुलाई रोक्ने बार हुदैन आफन्तलाई।

आउन आउँछ

हरेक वर्ष दशैँ,

उहि,मिती, उहि तिथीमा,

आउँदा मात्रै फरक-फरक कथा,व्यथा बोकेर आउँछ

आउन आउँछ

हरेक वर्ष दशैँ।

✍️Kushma QV Bhatta

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा