चुरेको बिकासका लागी आफु कटिबद्ध भएर लाग्ने : मन्त्री साउँद
धनगढी । कैलालीको चुरे गाउँपालिकाको बिकास लागी आफु कटिबद्ध भएर लाग्ने सुदूपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री झपट बहादुर साउँदले बताएका छन ।
बसर युवा क्लब चरेले आयोजना गरेको सुदूपश्चिम प्रदेश स्ततरीय खुल्ला भलिबल चुरे कप २०८० को प्रतियोगिता उद्धघाटन गर्दै मन्त्री साउँदले उक्त कुरा बताएका हुन । प्रतिगिताका प्रमुख अतिथि समेत रहेका मन्त्री साउँदले यस पालिकामा नमुना कबडल सहितको एउटा खेल मैदान बनाउनमा पहल गर्ने बताएका छन् । प्रदेश सरकारको खाका अनुसार यस गाउँपालिका एउटा नमूना बिद्यालय समेत निमार्ण गर्ने मन्त्री साउँदले बताए ।
कार्यक्रका बिशिष्ट अतिथि रहेका सुदूपश्चिम प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बहादुर बमले आफुले निर्बाचनका बेलामा बोलेका बाचाहरु आफु पुरा गरेरै छोड्ने बताएका छन । उनले भने , हामीलाई जग्गगा उपलब्ध भए आफ्नो कार्यकाल भित्रिमा एक वडा एक खेल मैदान बनाउने आश्वासन दिएका छन् ।
बसर युवा कल्बले पालिकामा स्वास्थ शिविर, खेलकुद लगायतका समाज रुपान्त्रण गर्ने गरेको कल्बका अध्यक्ष तथा कार्यक्रमा सभापति गणेश देउवाले बताए । उनले हामी अहिले समाज बिकासको मात्रै कार्य गरिरहेका छौ । यसमा हामीलाई साथ सहयोग गर्ने दातहरुलाई समेत धन्यवाद ज्ञापन गरेका छन् ।
अध्यक्ष देउवाले भने हामीले काम गर्ने हो । तर हामीलाई सबै निकाएबाट सथ र सहयोगको आवश्यकता रहेको बताए ।
मन्त्री र साँसदलाई ४ बुँदे ज्ञापन पत्र
सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री झपट बहादु र साउँद प्रदेश सभा सदस्य प्रकाश बहादुर बमलाई बसर युवा कल्बले ४ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
जिल्लाको जिल्लाको सुगम गाउँपालिका रहे पनि भौगौलिकताका हिसाब गाउँपालिका दुर्गम भएको र यहाँ गर्ने सके पछि धेरै सम्भावना रहेको जस्तै कृषि,खेलकुद,पर्यटन र व्यापारको प्रचुर सम्भावना रहेकोले उक्त गाउँपालिका बिशेष ध्यानमा राखि बिकास गरी दिन आग्रह ज्ञापन पत्रमा लेखिएको छ ।
४ बुँदे माग निम्न बमोजिम छन :
१.चुरेको पर्यटन क्षेत्रको व्यवस्थापन
२. चुरे गाउँपालिका अन्र्तगत खेलकुद मैदान
३.कृषि अनुदान तथा उचित बजार व्यवस्थापन
४.शैक्षिक कार्यक्रमहरु
दुई खेलाडी सम्मानित
कल्बले गाउँपालिकाका २ जना खेलाडीहरुलाई सम्मान गरेको छ । गाउँपालिकाबाट प्रतिनिधित्व गर्दै कबडी खेलमा क्षेत्रीय खेलखलेको बन्दै कृष्णा क्षेडाल र सोही गाउँपालिका कै व्याटम्यान्टीमा क्षेत्रिय खेल खेलेका चक्र बिसीलाई सम्मान गरेको हो ।