गोवर ग्याँस जडान गर्ने किसानलाई अनुदान रकम हस्तान्तरण 

1
1
August 04, 5:24

धनगढी, साउन १९ - धनगढी उप–महानगरपालिकाले गोवर ग्याँस प्लान्ट निर्माण गर्ने किसानहरुलाई नगद अनुदान उपलब्ध गरेको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आईतबार वडा नं १९ का १६ जना किसानहरुलाई अनुदान रकम हस्तान्तरण गरेका हुन । धनगढी उप–महानगरपालिकाले घरमा गोवर ग्याँस प्लान्ट निर्माण गर्ने ब्यक्तिलाई २० हजार रुपियाँ अनुदान दिएको थियो । गोवर ग्याँस निर्माण गर्ने कार्यलाई प्रवद्र्धन गर्नका लागि नेपाल सरकारले उपलब्ध गराउने अनुदान रकममा उप–महानगरपालिकाले प्रतिघर २० हजार थप अनुदान दिने गरेको छ धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, यती ठूलो अनुदान दिने सम्भवतः हामी पहिलो हौं । नेपाल सरकार उर्जा मन्त्रालयको बैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रले गोवर ग्याँस प्लान्ट निर्माण गर्ने घरलाई २१ ह्जार ६ सय अनुदान उपलब्ध गराउँछ । 
धनगढी उप–महानगरपालिकामा गोवर ग्याँस प्लान्ट निर्माण गर्ने घरले नेपाल सरकार २१ ह्जार ६ सय र उप–महानगरपालिकाबाट २० हजार थप गरि   यसका लागि ४१ हजार ६ सय रुपीयाँ अनुदान बुझेका छन् । औषतमा एउटा घर परिवारले दाउराका लागि बर्षमा ५ देखि ६ रुख चाहिन्छ सेती महाकाली गोवर ग्याँस तथा कृषी यन्त्र प्रा.लि. धनगढीका संचालक लोकबहादुर कुँवरले भने, गोवर ग्यास प्लान्ट निर्माण गर्दा जंगल जोगिने मात्रै नभएर समयको बचत, गोवर जन्य फोहरको ब्यबस्थापन पनि हुन्छ । धनगढी उप–महानगरपालिकाको अनुदानबाट आर्थिक बर्ष २०७५÷०७६ मा ५१ किसान परिवारले गोवर ग्याँस प्लान्ट निर्माण गरेका छन् ।
 

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा