यू–१९ एसिया कपको तालिका सार्वजनिक, नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलंका

Nepali Under 19 Cricket Toli
Nepali Under 19 Cricket Toli
August 21, 7:58

धनगढी, ४ भदौ – श्रीलंकामा हुने एसीसी यू–१९ नाइन्टिन एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिता यही सेप्टेम्बर ५ देखि १४ तारिखसम्म हुनेछ। नयाँ तालिका अनुसार नेपालले पहिलो खेलमा आयोजक श्रीलंकासँग सेप्टेम्बर ६ मा खेल्नेछ। नेपालको दोस्रो प्रतिद्वन्द्वीका रुपमा बंगलादेश रहेको छ।

उसँग नेपालले सेप्टेम्बर ८ तारिखमा खेल्नेछ। समूहको अन्तिम खेलमा नेपालले युएईसँग सेप्टेम्बर १० तारिखमा खेल्नेछ। आठ देश सहभागी प्रतियोगिताको अर्को समूहमा भारत, पाकिस्तान, अफ्गानिस्तान र कुवेत रहेका छन्। प्रतियोगिताको दुई समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिताको तयारीका लागि नेपालले श्रीलंकामा नैं केही दिन बन्द प्रशिक्षण तथा तिन वटा अभ्यास खेल खेल्नेछ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा