बैंकका एटिएम मेसिन चलेनन्

ATM
ATM
September 01, 12:39

धनगढी, भदौ १५ - आइतबार विभिन्न बैंकका अटोमेटिक टेलर मेसिन (एटिएम) सेवा प्रभावित भएको छ।आइतबार बिहानदेखि केही बैंकका एटिएमबाट पैसा निकाल्न नमिल्ने भएको हो।
नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले केही बैंकको एटिएममा समस्या भएको बताए।
‘केही बैंकको एटिएमले काम गरेन भन्ने सूचना आएको छ, त्यसबारे विस्तृत जानकारी आएको छैन,’ निरौलाले भने।
एटिएम प्रणाली ह्याक भने नभएको उनले दाबी गरे।
यसअघि शुक्रबार राति प्रहरीले एटिएम ह्याक गरी पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। 
महानगरीय प्रहरी परिसर काठमाडौंले नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्ने उनीहरूलाई दरबारमार्गस्थित एक होटलबाट पक्राउ गरेको हो। 
परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर समेत बरामद गरेको छ।
नबिल बैङ्कको एटिएमबाट पैसा निकाल्दै गरेको अवस्थामा एक जना पक्राउ परेका थिए। उनीमाथि अनुसन्धान गर्दा अन्य ४ जनाको पनि संलग्ता भएको खुलेको थियो।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा