सञ्चारकर्मीको पुनर्बहाली माग गर्दै धनगढीमा विरोध प्रदर्शन
धनगढी, भदौ १८ - रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत तीन जना सञ्चारकर्मी निष्कासन गरेको विरोधमा बुधवार धनगढीमा विरोध ¥याली प्रदर्शन गरिएको छ ।
विना कारण रेडियो नेपालबाट निष्कासन गरिएका सञ्चारमाध्यम पुनर्बहालीको माग गर्दै धनगढीको मुख्यबजार पार्क मोडदेखी जिल्ला प्रशासन कार्यालय सम्म विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुको सहभागीतामा ¥याली प्रदर्शन गरिएको थियो । ¥यालीमा पत्रकारहरुले बिना कारण र्बखास्त गरिएका पत्रकारहरुको पुर्नवहाली गर, प्रेस स्वतन्त्रताको ग्यारन्टी गर, मिडीया माथिको हस्तक्षेप बन्द गर, मिडीया मैत्री वातावरण सिर्जना गर जस्ता पोस्टरहरु छातिमा टासेर पर्दशन गरेका थिए ।
प्रेस युनियन कैलाली शाखाले प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा मार्फत सञ्चारमन्त्रीलाई ध्यानार्कषण पत्रसमेत पठाएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले उक्त ध्यानाकर्षण पत्र गृहमन्त्रालय मार्फत सञ्चार मन्त्रीलाई पठाउने प्रतिद्धता जनाए । विरोध ¥यालीमा सहभागी नेपाल प्रेस युनियनका संस्थापन तथा बरिष्ट पत्रकार तारानाथ दाहालले रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत तीन जना पत्रकारहरुको सरकारले रोजी रोटी खोस्ने काम निन्दनिय भएको बताए । उनले बर्खास्त गरिएका पत्रकारहरुको पुर्नवहाली नहुन्जेलसम्म आन्दोलनका कार्यक्रमहरू थप शसक्तढंगले अगाडी लैजानुपर्ने धारणा राखे ।
प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले पत्रकारहरुका हकहितको लागी आफुहरु सधैलागीपर्ने बताउँदै रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट बिनाकारण निष्कासन गरिएका पत्रकारहरुको तत्काल पुर्नबहाली गर्नुपर्ने माग गरे । रेडियो नेपालले भदौबाट लागु हुनेगरी रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत नेपाल पत्रकार महासङ्घ डोटी शाखाका उपाध्यक्ष सुनिता रावल, सह सचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई विना कारण निष्कासन गरेको थियो ।
जसको विरोधमा विगत तिनसातादेखी सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन लगायत विभिन्न संघसंस्थाले विरोध जनाउदै आएका छ । बिनाकारण बर्खास्त गरिएका सञ्चारकर्मीहरुको पुनर्वहालीको माग गर्दै पत्रकार महासङ्घ डोटी शाखाले भदौ ४ गतेदेखी निरन्तर धर्ना लगायत संघर्षका कार्यक्रम गरिरहेको छ ।