डोटीमा घर भत्किदा एकै परिवारका चार जनाको ज्यान गयो

Doti
Doti
August 11, 8:32

२०७७,श्रावण २७ गते मंगलवार
चक्र बलायर, डोटी
डोटीमा घरभत्किदा एकै परिवारका चार जनाको ज्यान गएकोछ भने पाँच जना घाईते भएका छन ।

जिल्लाको अादर्श गाउँपालिका वडा नम्बर एक बाझककानि खलगडामा गएराति करिब एक बजेतिर घर भत्किदा स्थानिय लोके लुहारकि श्रीमती, एक छोरा र दुई छोरिको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक ईन्द्र मल्लले बताएका छन।लुहारकि ३५ बर्षकि श्रीमति बिष्णा लुहार,११ बर्षका छोरा पारस लुहार र ७ बर्षकि छोरी सिरु लुहार र ४ बर्षकि छोरी जेनिसा लुहारको मुत्युभएको जिल्ला प्रहरी कार्यालय डोटिले जनाएको छ ।

घाइते भएका पाँच जनाको स्थानिय स्वास्थ्य चोैकि बाझककानिमा उपचार सम्भब नभएपछि थप उपचारका दिपायल ल्याउन लागिएको प्रहरी नायव उपरिक्षक मल्लले बताएका छन ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा