सहकारीलाई बैंकको रुपमा नबुझ्न नगप्रमुख वडको आग्रह

dhngh
dhngh
September 09, 6:12

धनगढी,  भदौ २३ - धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सहकारी संस्थाहरुलाई बैंकको रुपमा नबुझ्न आग्रह गरेका छन् ।
सोमबार धनगढी उप–महानगरपालिकाको सहकारी महाशाखाले आयोजना गरेको सहकारी संस्थाहरुको बार्षिक समिक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख वडले सहकारी संस्थाको लगानी उत्पादनशिल क्षेत्रमा लागाउनुपर्ने बताए । ठूलो ब्यापार ब्यावसाय गर्नेहरुलाई ऋण सहयोग गर्ने काम बैंकहरुको हो नगरप्रमुख वडले भने, सानो ब्यावसाय गर्नेहरुलाई सहकारीहरुले प्राथमिकतामा राख्नुपर्छ । सहकारी संस्थाको अवधारणा भनेको नै आफ्ना सदस्यहरुको जिवनस्तर उठाउनु हो नगरप्रमुख वडले भने, यहाँ बैंकले गर्ने काम पनि सहकारीहरुले गर्न खोज्दा समस्या हो ।
नगरप्रमुख वडले सहकारी संस्थामा शिक्षा उप–समिति बिनियमावलीमा नै रहेको हुन्छ नगरप्रमुख वडले भने, समुदाय र सदस्यहरुलाई सहकारी शिक्षा दिने काम त्यसको हो । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले सहकारी संस्थाहरुको आफ्नै मुल्य मान्यता रहेको बताईन । आर्थिक तथा सामाजिक रुपमा बिपन्नहरुको जिवनस्तर माथी उठाउनेमा सहकारी संस्थाहरुको अहम् भूमिका रहेको हुन्छ उप–प्रमुख भट्टले भनिन्, यो कुरो सहकारी संचालकहरुले बुझ्नैपर्छ । 
धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले सहकारी संचालकहरुमा ब्यबस्थापकीय सिप आवश्यक भएको बताए । समिक्षा कार्यक्रममा सहकारी संचालकहरुले सहकारी सूचना केन्द्र संचालनमा ल्याउनुपर्ने, बर्षको कम्तीमा दुईपटक समिक्षा कार्यक्रम राख्नुपर्ने सुझाव दिएको सहकारी महाशाखा प्रमुख हरी सिंह सावदले बताए । समिक्षा कार्यक्रममा धनगढी उप–महानगरपालिका क्षेत्रका ८० वटा सहकारीका प्रतिनिधीहरु रहेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा