राष्ट्रिय वाणिज्य बैङ्कको धनगढी शाखा दसैँको बिदामा समेत खुला रहने
धनगढी, असोज १९ - राष्ट्रिय वाणिज्य बैङ्कको धनगढी शाखा दसैँको बिदामा समेत खुला रहने भएको छ । वडा दसैँको बिदामा पनि राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडका देशभर २२ वटा शाखा कार्यालयहरू खुला रहने तथा दुई शाखाहरू विजया दशमीको दिन पनि खुला राखिने भएका छन् ।
वडा दसैँको अवसरमा बिदा हुने दिनहरू असोज १८, १९, २० र २२ गते राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडका २२ वटा शाखा कार्यालयहरू बिहान १० बजेदेखि १ बजेसम्म खुल्ला रहने जनाइएको छ ।
सुदूरपश्चिममा धनगढी र महेन्द्रनगर शाखा खुल्ला रहने राष्ट्रिय वाणिज्य बैङ्कले जनाएको छ । काठमाडौँ उपत्यकाभित्रका शाखा कार्यालय बानेश्वर, भोटाहिटी, महाराजगञ्ज, कलङ्की, ललितपुर र त्रि.अ. विमानस्थल खुल्ला रहने बैंकलेजनाएको छ ।
त्यसै गरी बिर्तामोड, दमक, इटहरी, विराटनगर, जनकपुर, वीरगन्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुलसीपुर, कोहलपुर, सुर्खेत, र नेपालगन्ज खुल्ला रहने छन् ।
उपत्यकामा शाखा कार्यालय बानेश्वर र महेन्द्रपुल शाखा भने विजया दशमीको दिन पनि खुल्ला रहने छन् । उक्त शाखाहरूबाट नगद जम्मा तथा चेकको भुक्तानी गरी ग्राहकलाई सेवा प्रदान गरिने जनाइएको छ ।