राजनीति
November 09, 3:20
धनगढी, २३ कार्तिक । नेपाल सरकारले सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जोशीलाई नियुक्त गर्नका लागि सिफारिस गरेको छ ।
November 09, 3:14
कपा एमालेका उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले कडा जवाफ फर्काएका छन् ।
उपाध्यक्ष रावलले अवैध भनेको एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्दै इन्चार्ज भट्टले भने, ‘फरक मत राख्नलाई समितिहरू छन्, समितिको बैठकमा राख्नुहोस्, सामाजिक सञ्जालमा होइन ।’
एमाले उपाध्यक्ष रावलले मंगलवार बिहान ट्वीट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएका थिए तर नेकपा एमाले… विस्तृतमा
November 08, 2:13
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (सोमबार) मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
दिउँसो ३ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा डाकिएको बैठकमा नियमित एजेन्डा रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।प्रधानमन्त्री देउवा संयुक्त अधिराज्य ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी वर्ल्ड लिडर समिटमा भाग लिएर फर्किएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।… विस्तृतमा
November 08, 11:53
बैतडी - नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशन अन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ। छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो।
तर कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व पाउन सकेका छैनन्। यसका साथै जिल्लाका ८४ वडामा पुरुषले नै नेतृत्व सम्हालेका छन्।
दलित र महिलाको नेतृत्वप्रति अझै पनि शङ्का गर्ने प्रवृत्ति… विस्तृतमा
November 03, 5:10
सुर्खेत - नेपाली कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवनबहादुर शाही प्रदेशको दोस्रो मुख्यमन्त्री बन्नु भएको छ । हुम्ला निर्वाचन क्षेत्र ‘ख’ प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित शाही तीन दलीय गठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्नु भएको हो । कर्णालीमा कांग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचित एकमात्र प्रदेश सभा सदस्य शाहीलाई नेकपा (माओवादी केन्द्र)का १२, कांग्रेसका ६ र नेकपा (एकीकृत… विस्तृतमा
November 02, 3:28
१६ कात्तिक, विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् ।
भीम आचार्यले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुख प्यासीले अर्को सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।
नेकपा एकीकृत समाजवादीका नेता राईले… विस्तृतमा
November 02, 11:02
१६ कात्ति, कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् ।
प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझ ७ : ३० बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।… विस्तृतमा
November 01, 5:07
धनगढी, १५ कार्तिक । नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको मुुख्यमन्त्रीमा आफ्नो दाबी रहेको जनाएको छ । कात्तिक १० गते सम्पन्न भएको प्रदेश कमिटिको बैठकका निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै समाजवादी पार्टीले ठूलो पार्टीको हैसियतमा गठबन्धनको समर्थनमा मुुख्यमन्त्रीमा दाबी रहेको जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी सुुदूरपश्चिमकी इन्चार्ज गरिमा शाहले… विस्तृतमा
November 01, 10:02
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको ब्याख्या अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री भएको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा सोमबार विहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले देउवा सेटिङमा प्रधानमन्त्री भएको कुुरा आफूले नमान्ने बताए ।
शेरबहादुर देउवा सेटिङमा प्रधानमन्त्री बनेको भन्ने प्रश्नमा पौडेलले भने, 'उहाँ संविधानत प्रधानमन्त्री बन्नु भएको हो । उहाँ… विस्तृतमा
November 01, 9:17
१५ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज (सोमवार) पदमुक्त हुँदै छन् । प्रदेशसभा सदस्य नरहेको व्यक्ति ६ महीनाभन्दा बढी मन्त्री बन्न नपाइने कानूनी व्यवस्था अनुसार तीनै जनाको पदावधि आजदेखि सकिंदैछ ।
सांसदविनै मन्त्री बनेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री… विस्तृतमा
October 31, 3:23
डोटी : नेपाल कम्युनिस्ट पार्टी एमाले बोगटान फुड्सिल गाउपालिका वडा नम्बर ३ कानाचौर डोटीको अध्यक्षमा प्रेम अबस्थि चयन भएका छन् । एमाले महाधिवेशन अन्तर्गत सनिवार भएको वडा अधिवेशनबाट अवस्थि अध्यक्षमा निर्वाचित भएका हुन् । राजनितीक यात्रा सुरु गरेको छोटो समयमै वडा कमीटी अध्यक्ष बनेका अवस्थि उमेरले २० वर्षका भए ।
३१ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा मोहन बोहरा र सचिवमा धन बहादुर बिक चयन भएका छन् ।
October 31, 3:02
कैलाली । सुदूरपश्चिम प्रदेशको आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।
सत्तापक्षका (एकीकृत समाजवादी पाटी) संसदीय दलका नेता तथा मन्त्रिपरिषद् सदस्य दीर्घ सोडारी अनुपस्थित हुने भएपछि बैठक स्थगित गरिएको हो ।
आज २ बजे बोलाइएको बैठक स्थगित गरी भोलि १२ बजेका लागि आह्वान गरिएको प्रदेश सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन् ।
‘महत्त्वपूर्ण एजेन्डामा भरसक सबैको… विस्तृतमा
October 31, 11:00
काठमाडौँ,१४ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन्।अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले गत कात्तिक १० मै लिखित राजीनामा पेश गरेको बताएका छन्।
यस्तो छ रावलको लिखित राजिनामा
कमरेड केपी शर्मा ओली
अध्यक्ष, केन्द्रीय कमिटी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
केन्द्रीय कार्यालय
थापाथली, काठमाण्डौ ।
विषयः… विस्तृतमा
October 30, 4:27
धनगढी: धनगढीकी २५ वर्षीया कोपिला कुँवर चौलागाई नेकपा एमालेको वडा अधिवेशनमा निर्वाचित भएकी छिन्। उनी धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा वडा उपाध्यक्षमा चयन भएकी हुन्।
अघिल्लो चुनावदेखि एमालेमा सक्रिय रहेकी कुँवर कैलाली उद्योग वाणिज्य संघ र होलसेल व्यवसायी संघमा पनि कार्यसमिति सदस्य छिन्। उनको धनगढीस्थिल गोल मार्केटमा पसल छ। ‘व्यवसायसँगै राजनीतिमा पनि लागेर समाजको हितमा काम गर्ने इच्छा छ,’… विस्तृतमा
October 30, 11:20
धनगढी, १३ कार्तिक/ नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले सहमतिबाटै पार्टीको नेतृत्व चयन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । नेपाली काँग्रेस धनगढी ५को वडा कार्यसमितिको शनिबार धनगढीमा आयोजित शुभकामना आदानाप्रदान तथा चियापान कार्यक्रममा सभापति शाहले सो कुरा बताएका हुन् ।
पार्टीका महत्वपुर्ण र बुद्धीजिवी व्यक्ती रहेका वडा नम्बर ५मा भएको बताउदै शाहले सहमतिमै समिति र प्रतिनिधी चयन… विस्तृतमा