कैलालीमा सहमतिमै काँग्रेसको नेतृत्व चयन हुन्छ : सभापति शाह
धनगढी, १३ कार्तिक/ नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले सहमतिबाटै पार्टीको नेतृत्व चयन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । नेपाली काँग्रेस धनगढी ५को वडा कार्यसमितिको शनिबार धनगढीमा आयोजित शुभकामना आदानाप्रदान तथा चियापान कार्यक्रममा सभापति शाहले सो कुरा बताएका हुन् ।
पार्टीका महत्वपुर्ण र बुद्धीजिवी व्यक्ती रहेका वडा नम्बर ५मा भएको बताउदै शाहले सहमतिमै समिति र प्रतिनिधी चयन गर्नुपर्ने सुझाब दिएका छन् । पार्टीलाई मजबुद र बलियो बनाउन सबैले एक जुट भएर पार्टीका गतिबिधीमा लग्न सभापति शाहले अनुरोध गरे । अहिले सबै क्षेत्रमा काँग्रेसको महाधिबेशनको सर्गमी चलेकोले कैलालीमा पनि तिहार पछि महोल तात्ने सभापति शाहले बताए ।
नपाली काँग्रेस धनगढी ५को वडा कार्यसमितिका सभापति टेकराज ओझाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह प्रमुख अतिथी रहेका थिए । तरुण दल कैलाली क्षेत्र नम्बर ५का सभापति केशबराज जोशीले संचालन गरेको कार्यक्रममा काँग्रेस युवा नेता टंक जोशीले स्वागत मान्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, उममेयर सुशीला मिश्र भट्ट, नेपाली काँग्रेसका महासमिति सदस्य शेरबहादुर देउवा, युवा नेता केशब मिश्र, क्रिकेट संघका केन्द्रीय सदस्य रतन कटायत, महिला संघ कैलालीकी अध्यक्ष पुष्पा भट्ट, युवा नेता चक्र बम अतिथी रहेका थिए ।