पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

news baitadi
news baitadi
July 08, 11:55

डडेल्धुरा - पहिरोले सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ शाहुखर्कमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको स्थानीयले जनाएका छन् । राजमार्ग सुचारु गर्न बिहानै देखि डोजर प्रयोग गरिएका छन । ठुला ठुला ढुंगा सहित पहिरो खसेकाले सुचारु हुन अझै समय लाग्ने  जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ  । राजमार्ग अवरुद्ध हुँदा हजाराैँ यात्रुसँगै मालवाहक ट्रक शाहुखर्क वरपर रोकिएको डडेल्धुरा प्रहरीले जनाएको छ  ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा