साँफे–मार्तडी सडकखण्ड अझै खुलेन

bajra news
bajra news
July 12, 4:20

बाजुराः
साँफे–मार्तडी सडकखण्ड अझै अवरुद्ध छ । बाजुराको मुख्यसडक मानिएको साँफे मार्तडी सडकखण्ड अवरुद्ध बनेको करिब १ साता पुग्न लाग्दा समेत नखुलेको पाइएको हो ।
लगातारको वर्षापछि साँफे–मार्तडी सडकखण्ड अन्त्रगत बुढीगंगा नगरपालिका– बल्देमा पहिरो जाँदा उक्त सडक करिब १ साता अघिदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बर्षायाममा साँफे–मार्तडी सडकखण्ड पटक–पटक अवरुद्ध हुने भएकाले सडक डिभिजन कार्यालय अछामले पुर्व तयारीका साथ उक्त सडकखण्डमा स्काभेटर राखेको भएपनि निरन्तरको वर्षापछिको पहिरोले अवरुद्ध सडक झन् अवरुद्ध बन्दै गएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी धनदेव साँउदले जानकारी दिए ।उनका अनुसार साँफे–मार्तडी सडकखण्डको बल्देमा अहिले पनि स्काभेटरद्धारा पहिरो हटाउने काम भैरहेको भएपनि पुनः ठाउँ–ठाँउमा पहिरो खस्ने भएकाले सडक संचालनमा आउन नसकेको र स्काभेटरले पहिरो पन्छाउने काम भैरहेकाले केही दिनमा सडक संचालनमा आउने बताइएको छ ।
बाजुराको मुख्य सडकखण्ड मानिएको साँफे–मार्तडी सडक पटक–पटक अवरुद्ध भैरहँदा पनि त्यसको बैकल्पिक सडक संचालनका लागि सरोकारवाला निकाय मौन रहेको पाइएको छ, भने व्यापारीले सास्ती र उपभोक्ताले मार खेपीरहनु पर्ने कुरा पनि बाजुराका लागि नौलो होइन ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा