जीवन बहादुर शाही : पाइलटदेखि कर्णाली प्रदेशका मुख्यमन्त्रीसम्म

news
news
November 03, 5:10

सुर्खेत - नेपाली कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवनबहादुर शाही प्रदेशको दोस्रो मुख्यमन्त्री बन्नु भएको छ ।  हुम्ला निर्वाचन क्षेत्र ‘ख’ प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित शाही तीन दलीय गठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्नु भएको हो । कर्णालीमा कांग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचित एकमात्र प्रदेश सभा सदस्य शाहीलाई नेकपा (माओवादी केन्द्र)का १२, कांग्रेसका ६ र नेकपा (एकीकृत समाजवादी) का तीन जना गरी २१ सांसदको समर्थन छ । कर्णाली प्रदेश सभामा ३५ सदस्य छन् । जसमा १८ जना भए बहुमत पुग्छ।

२०७४ सालको चुनावमा प्रदेशमा प्रत्यक्षतर्फ पार्टीबाट एक्लै चुनाव जितेका र जम्मा ६ जना सदस्य हुँदा पनि मुख्यमन्त्री बन्ने अवसर पाएका शाही २०२१ साल फागुन १९ गते खार्पुनाथ गाउँपालिका–५ (तत्कालीन खर्पेल गाविस) मा जन्मिनु भएको हो ।उहाँ स्थानीय विद्यालयबाट प्रारम्भिक शिक्षा पढेपछि काठमाण्डौ पढ्नुभयो । माध्यमिक शिक्षा बूढानीलकण्ठ स्कुलमा, उच्च शिक्षा त्रिचन्द्र बहुमुखी क्याम्पस काठमाण्डाैमा पढ्नुभयाे । उहाँले राजनीति शास्त्त्रमा स्नात्तकोत्तर गर्नु भएको छ ।  

पाइलट बन्ने सपना लिएर अमेरिका जानु भएका मुख्यमन्त्री शाही पाइलट कोर्स सकेपछि दुई वर्ष पाइलटका रुपमा कार्यरत हुनुभयो । यस पेसालाई बिट मार्दै उहाँ २०४६ साल पछि राजनीतिमा होमिनुभयो ।  अहिले प्रदेश हाँक्ने जिम्मेवारी पाउनु भएको छ । जहाज उडाउन छोडेर उहाँ ‘कर्णालीका पाइलट’ बन्नु भएको छ । उहाँ विभिन्न सामाजिक कार्यमा संलग्न हुनुहुन्थ्यो ।शाहीले सामुदायिक रेडियो कैलाशका संस्थापक अध्यक्षसमेत भएर काम गर्नुभयो । रेडक्रस, सहकारी, विद्यालय व्यवस्थापन समितिमा उहाँ आबद्ध हुनु भएको थियो। नेपाल विद्यार्थी सङ्घ त्रिचन्द्र क्याम्पसको इकाई सदस्यका रुपमा उहाँले विद्यार्थी राजनीति गर्नुभयो त्यसपछि उहाँ कर्णालीसहित समितिको सहसचिव बन्नुभयो ।  

खास गरी उहाँ पाइलट  भइसके पछि मुल राजनीतिमा प्रवेश गर्नु भएको हो ।शाही नेपाली कांग्रेसको हुम्लाको संस्थापक सभापति पनि हुनुहुन्छ । उहाँ २०४६ सालदेखि २०६२ सालसम्म हुम्लाको सभापतिको रुपमा रहनुभयो । अहिले उहाँ नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ २०६८ सालदेखि २०७२ सालसम्म नेपाली कांग्रेसको महाकाली इन्चार्ज समेत हुनुहुन्थ्यो । 

२०७० सालमा दोस्रो संविधान सभा सदस्यमा निर्वाचन भएका मुख्यमन्त्री शाहीले संसद्को विकास समिति सदस्य र कर्णाली विकास उपसमितिको संयोजक समेत भएर काम गर्नुभयो । २०७३ सालमा नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री,खानेपानी तथा सरसफाइ मन्त्री समेत भएका हुनुभयो । २०५५ सालमा जिल्ला विकास समितिको सभापति, जिल्ला विकास समिति महासङ्घ केन्द्रीय सदस्यसमेत हुनुभयो । नेपाली भाषासहित अङ्ग्रेजी, हिन्दी, स्पेनिस, जर्मनी, लामाखाम भाषाको राम्रो ज्ञान भएका मुख्यमन्त्री जीवनबहादुर शाहीले अहिलेसम्म अमेरिका, बेलायत, चीनसहित १४ वटाभन्दा बढी देशहरुको भ्रमण गर्नुभएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा