विश्व भरि नै गुन्जियो : नेपाल घुम्नको लागि पहिलो गन्तव्य : सेयर गरौं

Visit Nepal
Visit Nepal
December 29, 9:26

 

१३ पुष २०७६, - अहिले विश्वभरी नै नेपाल घुम्नका लागि पहिलो गन्तव्य भएको सन्देश फैलिएको छ । विश्वचर्चित फोब्र्स पत्रिकाले घुम्नका लागि नेपाल संसारकै उत्कृष्ट गन्तव्य मध्ये एक भएको भन्दै सूची प्रकाशित भएपछि विश्वभरी नै यो सन्देश गइरहेको छ । फोब्र्स पत्रिकाले सन् २०२० मा विश्वभरका घुम्न लायक १० ठाउँमध्ये नेपाल पहिलो भएको भन्दै चर्चा गरेको छ । फोब्र्स पत्रिकाकी ट्राभल ब्लगर क्याटरिन पार्कर म्यागरले नेपाल धर्तीकै उत्कृष्ट साहसित गन्तव्य भएको उल्लेख गर्दै चर्चा गरेकी छिन् ।             

फोब्र्सले नेपाल साहसिक पर्यटनको लागि उत्कृष्ट ठाउँ भएको उल्लेख गरेको छ । साथै फोब्र्सले नेपाल सुन्दर र शान्त ठाउँ भनि बताएको छ । पार्कर म्यागरले लेखेको आर्टिकलमा नेपालको तराई हुँदै पहाड र हिमाल तिर उक्लँदा असाध्यै स्वर्गीय आनन्द आउने उल्लेख छ । उनले आफ्नो लेखमा नेपालमा घुम्दा सम्झन लायक धेरै ठाउँहरु भएको उल्लेख गरेकी छिन् ।लेखमा पार्करले फाल्लुको ह्याप्पी हाउस, बर्दिया निकुञ्जको कर्णाली लज अति नै प्रिय र आरामदायी भएको बताएकी छिन् । उनले त्यहाँको होटल तथा रिसोर्टमा असाध्यै आतिथ्यमा पाएको पनि उल्लेख गरेकी छिन् ।             

पार्करले चितवन, बर्दिया राष्ट्रिय निकुञ्ज र हिमाली भेगहरु घुम्नलाई असाध्यै उत्कृष्ट भएको उल्लेख गरेकी छिन् ।पार्करले फोब्र्समा नेपाललगायत अन्य ९ उत्कृष्ट गन्तव्यमा इक्वेडर, न्यूजिल्याण्ड, पेरु, अलास्का, ब्राजिल, मोरक्को,चीन, फिनल्याण्ड र केन्यालाई राखेकी छिन् ।

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा