सुदूरपश्चिमका नाका विस्तारको पहल जारी छः अर्थमन्त्री डा युवराज खतिवडा

Yuwaraj Khatiwada
Yuwaraj Khatiwada
January 02, 6:47

धनगढी, १७ पौष – अर्थमन्त्री डाक्टर युवराज खतीवडाले प्रदेशको विकासका लागी ब्यापारीक मार्गहरु लाई स्तरिय बनाउँन आवश्यक रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशको दुईदिने भ्रमणका लागी धनगढी आएका मन्त्री खतीवडाले कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै यस्तो बताएका छन् । 
अर्थ मन्त्री डा युवराज खतिवडाले सुदूरपश्चिमको विकासका लागि अन्तर्राष्ट्रिय नाका विस्तारको पहल भइरहेको बताए । 
‘ठुला मालवाहक गाडी आउन सक्ने खालको अन्तर्राष्ट्रिय सीमा नाकाका लागि भारतसित कुरा भइरहेको छ ।’ उनले भने ।  
सुदूरपश्चिमबाट भारका रेलमार्गसम्मका नाका र तेस्रो मुलुकसम्मको व्यापारिक मार्ग जोडिने नाकाका रूपमा रहेका सीमाहरू विस्तारका लागि सरकारले पहल गरिरहेको उनको भनाई छ ।  
सरकारले प्रदेशको राजधानी संग स्थानीय तहहरु लाई सडक सञ्जाल संग जोड्न सरकारले बजेट विनियोजन गर्ने तयारी थालेको बताए । भारतसंग सिमा जोडिएका सडक र पुर्वपश्चिम राजमार्गको स्तर उनन्ती पनि सरकारको पहिलो प्राथमिकतामा रहेको उनले दावी गरे । 
संघिय सरकारले विकासका दुष्ट्रिकोण अलि पछाडी परेको सुदरपश्चिम, कर्णाली र प्रदेश २ लाई बढी महत्व दिएको अर्थमन्त्री खतीवडाले बताए । सरकारले सवै नागरिक लार्ई करको दायरामा ल्याउँन दुर्गम क्षेत्रमा पनि कर कार्यालय खौल्ने तययारी गरेको छ । त्यस्तै खर्च प्रणाली लाई ब्यवस्थीत गर्ने दैनिक खर्चको विवरण राख्ने गरिएको समेत उहाँको दाबी छ । 
अर्थमन्त्री डा युवराज खतीवडाले यस क्षेत्रमा रहेका बैकहरु लाई ऋण लगानीको वातावरण सहज बनाउँन निर्देशन दिएका छन् । मन्त्री खतिवडा भोली महेन्द्रनगर जाने कार्यक्रम रहेको छ । 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा