सरकारी सेवाको अवसर, लोकसेवा आयोगले माग्यो ५४८ नायव सुब्बा

lok Swea aayog
lok Swea aayog
January 08, 11:53

काठमाडौ, २३ पौष – लोकसेवा आयोगले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्नेगरी ५४८ नायव सुब्बाका लागि आवेदन खुला गरेको छ। १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन्। महिलाको हकमा उच्चतम् उमेर ४० वर्ष हुनेछ। सेवाभित्रका लागि उमेर हद लाग्ने छैन।

न्यूनतम प्रवीणता प्रमाणपत्र तह वा सो सरह शैक्षिक योग्यता भएका व्यक्तिले आवेदन दिन सक्नेछन्। दरखास्त बुझाउने अन्तिम म्याद माघ १४ गतेसम्म कायम छ।  दोब्वर दस्तुरमा  माघ २१ गतेसम्म आवेदन बुझाउन सकिनेछ।

कहाँ कति कोटारु

लोकसेवा आयोगले सार्वजनिक गरेको सूचना अनुसार धनकुटा कार्यालयमा खुल्ला ४१, महिला १२, आदिवासी जनजाति ९, मधेशी ७, दलित ३, अपाङ्गता भएका १ र पिछडिएका क्षेत्रका लागि १ कोटा निर्धारण गरिएको छ। यस्तै जलेश्वर कार्यालयमा खुल्ला ४८, महिला १३, आदिवासी जनजाति १०, मधेशी १०, दलित ६, अपाङ्गता भएका १ र पिछडिएका क्षेत्रका लागि १ कोटा तोकिएको छ।

काठमाडौं कार्यालयतर्फ खुल्ला ८१, महिला २१, आदिवासी जनजाति १९, मधेशी १६, दलित ६, अपाङ्गता भएका ५ र पिछडिएका क्षेत्रमा १ कोटा तोकिएको छ।

पोखरा कार्यालयमा खुल्ला ३५, महिला ८ आदिवासी जनजाति ८, मधेशी ५, दलित ३, अपाङ्गता भएका २ र पिछडिएका क्षेत्र २ कोटा निर्धारण गरिएको छ।

त्यसै गरि बुटवल कार्यालयमा खुल्ला ४८, महिला १३, आदिवासी जनजाति १०, मधेशी ८, दलित ४, अपाङ्गता भएका लागि ३ कोटा तोकिएको छ।

सुर्खेत कार्यालया खुल्ला २३, महिला ७, आदिवासी जनजाति ६, मधेशी ३, दलित १, अपाङ्गता भएका ३ कोटा तोकिएको छ।

दिपायल कार्यालय खुल्ला २५, महिला ५ आदिवासी जनजाति५, मधेशी ४, दलित २, अपाङगता भएका १ र पिछडिएका क्षेत्र २ कोटा तोकिएको छ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा