अब शिक्षकको सामान्य परीक्षाको प्रश्न पत्र सबैका लागी एउटै, विषयगतको भिन्नाभिन्नै

TSC
TSC
February 03, 2:37

काठमाडौँ, २० माघ – शिक्षक सेवा आयोगले अब गर्ने स्थायी शिक्षकको विज्ञापनसँगै प्रश्न पत्र पनि परिवर्तन गर्ने भएको छ । आयोगले निर्माण गरिरहेको परिवर्तित नयाँ पाठ्यक्रम अनुसार अब आगामी शिक्षकको लिखित परीक्षा दुई चरणमा गर्ने आयोगका उप–सचिव एवम् सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए ।
उनकाअनुसार अब, शिक्षकको पहिलो चरणको सामान्य परीक्षा तहगतअनुसार एउटै हुनेछ । यस्तै, दोस्रो विषयगत तर्फको परीक्षाको प्रश्न पत्र भने, प्रत्येक विषयअनुसार फरक–फरक प्रश्न पत्रको निर्माण गरिने सूचना अधिकारी आचार्यले बताए । ‘सामान्य परीक्षामा प्राथमिक तहको एउटा प्रश्न पत्र हुनेछ, त्यो सबै उम्मेदवारका लागि एउटै प्रश्न सोधिन्छ, त्यसै गरी निम्न माध्यमिक तहमा पनि सबै उम्मेदवारका लागि एउटै प्रश्न निर्माण हुन्छ’, सूचना अधिकारी आर्चायले भने, यस्तै माध्यमिक तहमा पनि सामान्य परीक्षाको प्रश्न पत्र सबै विषयका उम्मेदवारहरू लागी एउटै निर्माण हुन्छ ।’

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा