कालापानी गएकाे रक्षामन्त्रीकाे टाेलीले हवाई निरीक्षणमात्रै गरेर फर्कियो

Pokhrel
Pokhrel
February 17, 12:10

काठमाडौँ, फागुन ५ — सोमबार बिहान कालापानी सीमा क्षेत्रको अवलोकन गर्न हेलिकप्टरमा गएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको टोली बाक्लो हिउँका कारण ल्यान्ड नगरी हवाई निरीक्षणमात्रै गरेर फर्किएको छ ।
सुदूर पश्चिमकी उपसभामुख निर्मला बडाल जोशी, प्रतिनिधी सभा सदस्य गणेशसिंह ठगुन्ना, नेपाली सेनाका अधिकृत र रक्षामन्त्रालयका अधिकारीहरु उक्त भ्रमणमा सहभागी थिए।
‘छाङरुमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट राख्ने ठाउँ हेर्न गएका थियौं। सोही अवसरमा सीमा क्षेत्र अवलोकन गर्ने कार्यक्रमलाई मौसमले साथ दिएन।’ उक्त टोलीमा रहेका एक सदस्यले भने।
उक्त क्षेत्रमा हालै नेपालको भूमिमा भारतले सडक खनेको थियो। कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई भारतले आफ्नो नक्सामा समेटेको थियो। कालापानीमा सेना राख्दै आएको भारतले पछिल्लो समय आफ्नो नक्सामा समेटेपछि नेपाल र भारतबीच विवाद थियो। नेपालले उक्त भूमि कुनै हालतमा फिर्ता ल्याउने बताउँदै आएको छ।
प्रधानमन्त्रीले शनिबार संसद्मा सम्बोधन तथ्य र प्रमाण उक्त क्षेत्र नेपालको भएको पुष्टि भन्दै फिर्ता ल्याउने दाबी गरेका थिए। रक्षामन्त्री आइतबार दार्जुला गएका थिए।

pokhrel

 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा