यस वर्षको सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म बन्यो ‘बागी ३’

Baagi 3
Baagi 3
March 07, 8:03

मुम्बई – बलिउड एक्सन स्टार टाइगर श्राफको फिल्म ‘बागी ३’ ले शुक्रवारदेखि रिलिज भएको छ । यो फिल्मले नेपालमा पनि उत्साह जगाएको थियो ।
अहमद खानले निर्देशन गरेको यो फिल्मको लामो समयदेखि चर्चा थियो । फिल्मको एक्सन प्याक दर्शकले रुचाएका छन् ।
यो फिल्म यस वर्षको सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म बनेको छ । बलिउड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन १७ करोड ५० लाख कमाइ गरेको छ ।
कोरोना भाइरस र होलीको माहोलका बाबजूद पनि फिल्म हेर्न हलसम्म दर्शक ओइरिएका छन् । फिल्मले मल्टिप्लेक्सका तुलनामा सिङ्गल स्किृनमा धेरै कमाइ गरेको छ । यो फिल्म टाइगरका फिल्ममध्ये सबैभन्दा धेरै ओपनिङ गर्ने दोस्रो फिल्म बनेको छ ।
यसअघि टाइगर र ऋतिक रोशनको फिल्म ‘वार’ ले एकैदिन ५३ करोड ३५ लाख कमाइ गरेको थियो । यस्तै बागी २ ले पहिलो दिन २५ करोड १० लाख रुपैयाँ कमाइ गरेको थियो ।
बागी सिरिजको कुरा गर्नुपर्दा चाहिँ यो बागी २ ले सबैभन्दा धेरै कमाइ गरेको थियो । श्रद्धा कपूरको पनि अभिनय रहेको बागी ३ ले पनि आक्रामक कमाइ गर्ने अनुमान गरिएको छ ।
यो फिल्म भारतमा मात्र ४४ सय पर्दामा रिलिज भएको थियो भने विदेशमा ११ सय पर्दामा रिलिज गरिएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा