यौन दुराचारको आरोपमा पक्राउ परेका सुदूरपश्चिमका सांसद रावल ५ लाख धरौटी बुझाएर रिहा
March 23, 6:53
कैलाली - यौन दुराचारको आरोपमा पक्राउ परेका सुदूरपश्चिम प्रदेश सभाका सांसद अक्कल बहादुर रावल ५ लाख धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत कैलालीमा आज भएको थुनछेक बहसमा उनलाई ५ लाख धरौटीमा रिहा गर्ने आदेश भएको हो ।
जिल्ला अदालत कैलालीका श्रेस्तेदार राइभान कुञ्जेडाका अनुसार उनलाई जिल्ला न्यायधिस जयानन्द पनेरुको इजलासले उक्त आदेश दिएको हो । रावल ५ लाख धरौटी बुझाएर रिहा भइसकेका छन् ।
अछाम स्थायी घर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्बर–४ उत्तरवेहडीमा डेरा गरी बस्ने २५ बर्षिया विवाहित महिलालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा फागुन २१ गते प्रहरीले उनलाइ पक्राउ गरेको थियो ।
रावल विरुद्ध माघ २१ गते जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले फागुन १४ गते प्रहरी समक्ष जाहेरी दिएकी थिइन ।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
December 20, 3:31
December 22, 12:47
December 23, 1:37
December 25, 1:43
December 28, 8:40
सम्बन्धित वर्गका समाचारहरू
February 02, 7:01
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
February 02, 6:48
धनगढी । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा