जीउँदा मान्छेलाई नेपाल प्रवेश रोक लगाउने सरकार बाटोमै मान्छे मर्दा पनि बेखबर

Death
Death
April 01, 1:49

दार्चुला, चैत्र १९ – भारतीय राज्य उत्तराखण्डको मदकोटमा एक जना नेपालीको पुलबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाको मार्मा गाउँपालिका–२ ठूलथला घर भएका ४२ वर्षीय अगबगरसिंह ठगुन्ना छन् ।
दैनिक मजदुरीका लागि भारत गएका ठगुन्ना आफ्ना अन्य सहकर्मीसँगै घर फर्किन लागेका थिए । तर, मंगलबार मदकोटमा रहेको झोलुङ्गे पुलबाट खसेर उनको मृत्यु आफन्त प्रमानन्द ठगुन्नाले जानकारी दिएका छन् ।
आफन्तहरुले ठगुन्नाको मृत्यु भएको बताए पनि स्थानीय प्रशासनमा त्यसबारे कुनै खबर नपुगेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपेन्द्रबहादुर शाहीले ठगुन्नाको मृत्यु भएको बारे खबर प्राप्त नभएको बताएका छन् ।
मृतकका आफन्तहरुले भने शव ल्याउनका लागि भए पनि नेपाल भारत सीमाको पुल खोलिदिन अनुरोध गरेका छन् ।
सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गर्न भन्दै सीमा सिल गरेपछि अहिले करिब ५ सयको संख्यामा नेपालीहरु दार्चुला नाकाबाट स्वदेश फर्किने आशमा सीमापारीका क्षेत्रमा बसिरहेका छन् । तर, स्थानीय प्रशासनले भने उनीहरुलाई स्वदेश भित्र्याउन नसकिने जनाउँदै आएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा