धनगढी जेसिजद्धारा करीव तीन लाख रुपैया बराबरको राहत सामग्री हस्तान्तरण

jci
jci
April 03, 1:36

धनगढी, चैत्र २१ - धनगढी जेसिजले कोरोना संक्रमणको रोकथाम एवं लकडाउनबाट प्रभावित गरीव तथा मजदुरहरुको राहतका लागि करीव तीन लाख रुपैया बराबरको खाद्य सामग्री सहयोग गरेको छ ।
धनगढी जेसिजले आज धनगढी उपमहानगरपालिकालाई एक सय ५० बोरा चामल, ६ सय १० किलो दाल, ५२ बोरा सोयावीन, दुई बोरा चिउरा, दुई बोरा भुजा, ३४ कार्टुन तेल प्रदान गरेको हो ।
धनगढी जेसिजका अध्यक्ष श्याम पाठकले सहितको टोलीले आज ती सामग्रीहरु धनगढी उपमहानरपालिकाका मेयर नृप बहादुर वडलाई हस्तान्तरण गरे ।
धनगढी जेसिजका अध्यक्ष पाठकले लकडाउनका कारण अप्ठ्यारोमा परेका गरीव र दुई छाक टार्न समस्या भएका मजदूरहरुको राहतका लागि संस्थाका तर्फबाट सहयोग गरिएको बताए ।
उपमहानरपालिकाका मेयर वडले संकटको घडीमा सहयोग गरेकोमा धनगढी जेसिजलाई धन्यवाद दिए ।
राहत सामग्री खरीदका लागि धनगढी जेसीजका उपाध्यक्ष मनिष कुवँरको  संयोजकत्वमा थालिएको आर्थिक सहयोग संकलन अभियानमा हाल अमेरिकामा बसोवास गर्ने धनगढी जेसीजका पूर्व सदस्य  रोहित भट्टले १ लाख १७ हजार रुपैया सहयोग गरेका थिए । 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा