भारतले मिचेको भूमि दार्चुलाको छाङ्गरू पुगे प्रधानसेनापति र सशस्त्रका महानिरीक्षक

Chhangru
Chhangru
June 17, 1:45

दार्चुला, असार ३ – नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल दार्चुलाको छाङ्गरू पुगेका छन्। बुधबार बिहान १० बजे दुबै सुरक्षाका प्रमुख दार्चुला ब्यास नगरपालिका वडा नम्बर १ मा पुगेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी प्रविण कुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार सशस्त्र प्रहरीले बनाएको बोर्डर आउट पोष्ट (बिओपी) र सेनाको अस्थायी बेस निरीक्षण गर्न पुगेका हुन्। 
दार्चुलाको छाङ्गरूमा गत वैशाख ३१ गते सशस्त्रको बिओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस क्याम्प स्थापना गरेको थियो।
साथै, दुबै प्रमुखले सेनाले बनाउँदै गरेको दार्चुलादेखि तिंकरको बाटोको निरीक्षण समेत गरेको दार्चुलाका सहायक सिडिओ टेकसिंह कुँवर जानकारी दिए।

‘तिंकरमा बनाउने भनेको बाटो निरीक्षण गर्न सेनाका प्रमुख आउनुभएको छ ।’ उनले भने, ‘निरीक्षण गरिसक्नु भयो। अब प्रमुख जिल्ला अधिकारीसँग बसेर छलफल हुनेछ।’
उनका अनुसार छलफल सकिएलगत्तै उनीहरू त्यहाँबाट फर्किने छन्।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा