सुदूरपश्चिममा दैनिक सय बढी संक्रमित थपिल थालेपछि बजारहरु पुनः बन्द गरिँदै, डडेलधुरा ‘सील’

Dhangadhi
Dhangadhi
June 19, 6:55

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितहरुको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ । शुक्रवारसम्म सुदूरपश्चिममा संक्रमितको संख्या ७ सय ८५ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी प्रदेश राजधानी समेत रहेको कैलालीमा २ सय २, डडेलधुरामा १३२, बैतडीमा १२०, कञ्चनपुरमा ९६, अछामका ७४, बाजुराका ७०, डोटीका ६१, बझाङमा १९ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ ।

पुष्टि भएकामध्ये ५ जनाको मृत्यु भएको छ भने १११ जना निको भएर घर फर्किसकेका छन् । शुक्रबार मात्रै सुदूरपश्चिममा १६८ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १५१, धनगढी प्रयोगशालामा १२ र शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा ५ गरी १६८ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बैतडीका ७ महिला र ५६ पुरुष गरी ६३ जना, कैलालीका १३ महिला र ३३ पुरुष गरी ४६ जना, डोटीका ३ महिला र १२ पुरुष गरी १५ जना, डडेलधुराका ९ पुरुष, बाजुराका ८ पुरुष, अछामका १ महिला र ६ पुरुष गरी सात जना, बझाङका एक महिला र २ पुरुष गरी ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

उनले शिक्षण अस्पताल महाराजगञ्जमा भएको परीक्षणमा बैतडीका १ महिला र ४ पुरुष गरी थप ५ जनामा संक्रमण पुष्टि भएको बताए । यस्तै धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

लकडाउनपछि व्यापार व्यवसाय ठप्प भएको भन्दै खोलिएका बजार पुनः बन्द गर्न थालिएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि कैलालीको अत्तरिया बजार बन्द गर्ने भएको छ ।

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले नगर क्षेत्रमा संक्रमण बढ्दै गएका कारण केही दिनका लागि बजार व्यवसाय बन्द गर्ने समझदारी भएको बताए ।

उनले तत्काल १५ दिनका लागि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गर्ने गोदावरी नगरपालिका लगायतका निकायसँग समझदारी भएको जानकारी दिए । संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि डडेलधुरा सदरमुकाम सिल गरिएको छ ।

शुक्रबार दिउँसो ३ बजेदेखि लागु हुने गरी सदरमुकाम क्षेत्र सिल गरिएको हो । अर्को सूचना जारी नहुन्जेलसम्मका लागि डडेलधुरा सदरमुकाम सिल रहने जिल्ला प्रहरी कार्यालय डडेलधुरा प्रमुख दधिराम न्यौपानेले बताए ।

सरकारी कार्यालय खुल्ला नै रहने छ भने अति आवश्यक बाहेक सेवा बन्द हुने जिल्ला प्रशासन कार्यालय डडेलधुराका प्रशासकीय अधिकृत गणेशदत्त ओझाले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा